Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आचारसंहिता उल्लंघन गरेमा हदैसम्मको कारबाही हुन्छ : आयुक्त भण्डारी
आचारसंहिता उल्लंघन गरेमा हदैसम्मको कारबाही हुन्छ : आयुक्त भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ४, २०७९
bhandari_1650085826
Hardik health
हेटौँडा– निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताएका छन् । निर्वाचन आयोगले शनिबार हेटौँडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न उनले अनुराध गरे । उनले नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याईसकेको जनाए । उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने पनि जानकारी गराए । आयुक्त भण्डारीले भने, ‘आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, यसको उल्लंघन गर्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने छौँ ।’ आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेकोले निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारको महत्व नहुने बताए । उनले लोककतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकोले कुनै पनि हालतमा निर्वाचन गरिने जानकारी गराए । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्य रूपमा सम्पन्न गराउनका लागिसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह हुने हुनाले निर्वाचन आचारसंहितामा रहेर समाचार दिनुपर्नेमा जोड दिए । आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रूपमा लिने बताएका छन् । स्थानीय तह निर्वाचनमा विगतमा कारवाही कम भएको देखिए पनि यसपटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिए । प्रेस काउन्सिलका सदस्य चिरन्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन/प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खड्काले निर्वाचनसँग सम्बन्धित समाचार संकलन र रिपोर्टिङका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, आयोगका शाखा अधिकृत तीर्थराज चापागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले स्थानीय तहको निर्वाचनलाई सबै मिलेर निष्पक्ष र भव्य रूपमा सम्पन्न गराउनुपर्ने सुझाव दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली बिहीबार, भदौ १२, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP