Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • परिवार दल सूर्य चिन्हमा स्थानीय निर्वाचन लड्ने
परिवार दल सूर्य चिन्हमा स्थानीय निर्वाचन लड्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १, २०७९
samjhuta
Hardik health
काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच तालमेल गर्ने गरी सम्झौता भएको छ । एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर गरेका हुन् । पाँच बुँदामा भएको सहमतिमा देशभरीका तालमेल संभव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ । नेपाल परिवार दलका उम्मेदवारलाई नेकपा एमालेले सघाउने, नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने नेपाल परिवार दलका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरू निर्वाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने र जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रूपमा प्रतिवेदन प्रस्तुत गर्ने बिषयमा सहमति भएको हो । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको परिवार दलले निर्वाचन नजिकिएसँगै फेरि एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्ता भएको थियो भने मंगलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै नेपाल परिवार दलका अध्यक्ष एवं पुर्वमन्त्री एकनाथ ढकालले एमाले पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । हस्ताक्षर कार्यक्रममा एमालेका तर्फबाट बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, प्रदिप ज्ञवाली, बिष्णु रिजाल लगायतको नेताहरूको सहभागिता रहेको थियो भने परिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल, सहमहामन्त्री मिलन राजवंशी, मनोज कुमार सुर्खेती, प्रवत्ता रूपसिह भण्डारी, लक्ष्मी प्रसाद भण्डारी, रबिन्द्र चौलागाइर्, ढुण्डीराम खनाल, कामना भुसाल लगायतको नेताको उपस्थती रहेको थियो । सम्झौता पछि बोल्दै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्झौताको अक्षरस पालना गर्ने तथा परिवार दलको प्रतिनिधित्व स्थानीय तहमा हुने बताए । परिवार दलका महामन्त्री सन्तोष पौडेले बिगतमा पनि एमालेसँग चुनावी सहकार्य गरको स्मरण गदै स्थानीय निकायमा मात्र हैन प्रदेश र संघिय निर्वाचनमा पनि एमालेसँग सहकार्य गर्ने बताए । त्यस्तै नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले सहमतिपत्र सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP