Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • परिवार दल सूर्य चिन्हमा स्थानीय निर्वाचन लड्ने
परिवार दल सूर्य चिन्हमा स्थानीय निर्वाचन लड्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १, २०७९
samjhuta
Hardik health
काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच तालमेल गर्ने गरी सम्झौता भएको छ । एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर गरेका हुन् । पाँच बुँदामा भएको सहमतिमा देशभरीका तालमेल संभव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ । नेपाल परिवार दलका उम्मेदवारलाई नेकपा एमालेले सघाउने, नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने नेपाल परिवार दलका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरू निर्वाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने र जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रूपमा प्रतिवेदन प्रस्तुत गर्ने बिषयमा सहमति भएको हो । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको परिवार दलले निर्वाचन नजिकिएसँगै फेरि एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्ता भएको थियो भने मंगलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै नेपाल परिवार दलका अध्यक्ष एवं पुर्वमन्त्री एकनाथ ढकालले एमाले पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । हस्ताक्षर कार्यक्रममा एमालेका तर्फबाट बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, प्रदिप ज्ञवाली, बिष्णु रिजाल लगायतको नेताहरूको सहभागिता रहेको थियो भने परिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल, सहमहामन्त्री मिलन राजवंशी, मनोज कुमार सुर्खेती, प्रवत्ता रूपसिह भण्डारी, लक्ष्मी प्रसाद भण्डारी, रबिन्द्र चौलागाइर्, ढुण्डीराम खनाल, कामना भुसाल लगायतको नेताको उपस्थती रहेको थियो । सम्झौता पछि बोल्दै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्झौताको अक्षरस पालना गर्ने तथा परिवार दलको प्रतिनिधित्व स्थानीय तहमा हुने बताए । परिवार दलका महामन्त्री सन्तोष पौडेले बिगतमा पनि एमालेसँग चुनावी सहकार्य गरको स्मरण गदै स्थानीय निकायमा मात्र हैन प्रदेश र संघिय निर्वाचनमा पनि एमालेसँग सहकार्य गर्ने बताए । त्यस्तै नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले सहमतिपत्र सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली बिहीबार, भदौ १२, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP