Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचनः एमालेलाई उम्मेदवार छान्ने चटारो
स्थानीय तह निर्वाचनः एमालेलाई उम्मेदवार छान्ने चटारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ३०, २०७८
UML OFFICE
Hardik health
काठमाडौं– सत्तारूढ गठबन्धन तालमेलको अलमलमा रुमल्लिएका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सभालाई सम्बोधन गर्न कुदिरहेका छन् । आज (३० चैतसम्म) उम्मेदवार सिफारिस गरिसक्न केन्द्रले गरेको परिपत्रअनुसार देशभरका अधिकांश पालिकामा एमालेले उम्मेदवार सिफारिस गरिसकेको छ । एमालेले गाउँपालिका र नगरपालिकाको वडाको हकमा सम्बन्धित पालिका कमिटी, गाउँपालिका अध्यक्ष्ँ जिल्ला कमिटी र नगरपालिका प्रमुख एवं महानगरको वडाअध्यक्षका लागि प्रदेशले निर्णय गर्ने मापदण्ड बनाएको छ । यस्तै, उपहानगर र महानगरपालिकाका प्रमुख/उपप्रमुख भने तल्ला कमिटीबाट आएका सिफारिसका आधारमा केन्द्रले टुंग्याउने एमाले निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताए । धमाधम उम्मेदवार सिफारिस गरेको एमालेले कतै सर्वसम्मत टुंग्याएको छ भने कतै एउटै पदका लागि दर्जनौंको नाम सिफारिस गरेको छ । दुई प्रमुख महानगरपालिका ललितपुर र भरतपुरबाट एक÷एक जनामात्रै उम्मेदवार सिफारिस गरेको एमालेले काठमाडौं महानगरबाट भने सिफारिस गर्न सकेको छैन । उता पोखरा महानरपालिका प्रमुखका लागि एमालेका १२ जनाले दाबी गरेका छन् । मंगलबार एमालेको महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरूको नाम संकलन गरेको थियो । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापासहित १२ जनाले र उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने आगामी कार्यकालका लागि कुनै पनि पदमा दाबी गरेका छैनन् । मेयरको आकांक्षीहरूमा प्रदेश सांसदद्वय थापा र राजीव पहारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन् । प्रदेशसभा सदस्य थापा पोखराका पूर्वमेयरसमेत हुन् । पोखरा महानगरमा मेयर पदका लागि १२ जनाको दाबी परेपछि मतदान गरेर नाम टुंग्याइने भएको छ । मेयर पदका आकांक्षीहरूले तीन हजार रूपैयाँ तिरेर मनोनयन दर्ता गराएका बताइएको छ । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम केन्द्रीय कमिटीमा सिफारिस हुनेछ । पोखारको उपप्रमुखका लागि भने ११ जनाले दाबी गरेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयरका लागि दाबी पेस गरेका छन् । आकांक्षीहरूबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट तीन जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने तयारी छ । यस्तै, बुटवल उपमहानगरपालिकाको मेयरका लागि एमालेले आठ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्यसहित आठ जनाको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए । मेयरमा सिफारिस गरिएकाहरूमध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम पनि मेयरका लागि सिफारिस गरिएको छ । यस्तै उपमेयरका लागि ज्ञानु केसी, खेम लुइँटेल, मधुकला कुँवर र कल्पना थापाको नाम सिफारिस गरिएको छ । एमालेले यसअघि ललितपुर महानगरपालिकाका लागि हरिकृष्ण व्यञ्जनकार र भरतपुर महानरपालिकाका लागि विजय सुवेदीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । व्यञ्जनकार अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग ३२९ मतले पराजित भएका थिए । त्योबेला महर्जनले २४ हजार ६४२ ल्याएर निर्वाचित हुँदा व्यञ्जनकारले २४ हजार ३१३ मत पाएका थिए । भरतपुरको मेयर सिफारिस भएका सुवेदी बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री हुन् । अघिल्लो निर्वाचनमा एमाले भरतपुरमा झिनो मतले पराजित भएको थियो । कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए । मेयरको तुलनामा उपमेयरमा मतान्तर केही फराकिलो परेको थियो । उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाह ठकुरी ४७ हजार १९७ मत ल्याउँदै निर्वाचित भएकी थिइन् । एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी थिइन् । विराटनगर महानगरपालिका लागि भने एमालेको नगर कमिटीले पाँच जनाको नाम सिफारिस गरेको छ ।महानगरपालिका कमिटीका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको छ । गठबन्धनले टुंग्यायो तालमेलको ‘मोडालिटी’ काठमाडौं (प्रस)– सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने ‘मोडालिटी’ टुंग्याएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले तालमेलको आधार तय गरेको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गठबन्धनले तय गरेको मोडालिटीमा सिट बाँडफाँडका सातवटा आधार तय गरिएको छ । जसमा नेकपा एकीकृत समाजवादीलाई प्राथमिकतामा राखिएको छ । ‘२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट प्रमुख पदमा विजयी भई नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसैअनुसार मान्ने,’ सिट बाँडफाँडका लागि तय गरिएको आधारको पहिलो बुँदामा उल्लेख छ । यसैगरी, गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने, २०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने विषय मोडालिटीमा समावेश गरिएको छ । २०७४ को निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने तथा अन्य दलका उम्मेदवारले पाएको मतभारलाई पनि आधार मान्ने उल्लेख छ । गठबन्धनमा आबद्ध दलबाहिर चुनावी तालमेल गर्न नपाइने बुँदासमेत मोडालिटीमा समावेश गरिएको छ । गठबन्धनले सोही मोडालिटीका आधारमा सिट बाँडफाँड गरी केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको छ । तर, महानगर र उपमहानगरपालिकाको मेयर÷उपमेयरको सिट बाँडफाँडको निर्णय भने केन्द्रबाटै गरिने भएको छ । पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले यसबारे निर्णय गर्ने कांग्रेस नेता कार्कीले बताए । नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँड वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने निर्णय गरिएको उनले बताए । ‘सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँड जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने,’ गठबन्धनको निर्णयमा छ । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई/दुई जना प्रतिनिधि रहने उल्लेख गरिएको छ । आगामी ३० वैशाखमा देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा तालमेल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली बिहीबार, भदौ १२, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP