Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गभर्नर निलम्बन प्रकरण बचाउमा अर्थमन्त्री
गभर्नर निलम्बन प्रकरण बचाउमा अर्थमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २९, २०७८
janardan sharma 1 (1)
Hardik health
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा यतिबेला सरकारको चौतर्फी आलोचना भइरहेको छ । विशेषगरी अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर अधिकारीलाई निलम्बन गर्न सिफारिस गरेको टिप्पणी भइरहेको छ । मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक बनिरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको दबाबमा अधिकारीलाई निलम्बन निर्णय गरेको आरोप प्रधानमन्त्रीमाथि लागेको छ । सरकारलाई असहयोग गरेको तथा राष्ट्र बैंकको गोप्य सूचना चुहाएकोलगायत आरोप लगाउँदै गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति बनाउने निर्णय गरेको थियो । छानबिन समिति बनेपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको रिस सरकारले गभर्नर अधिकारीमाथि पोखेको आरोप लगाएका छन् । ‘यो सरकार आफू बदमासी गर्छ, कमिसनखोरी गर्छ । पुँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ । देशको लागि राम्रो गर्न खोज्ने गभर्नरमाथि खनिन्छ,’ सोमबार बझाङ पुगेका उनले भने, ‘सरकारलाई रिस उठेको एमालेसँग होला, केही गर्न सक्दैन । गभर्नर, राष्ट्रसेवकमाथि हमला गर्छ ।’ यसअघि आइतबार एमालेका तीनजना पूर्वअर्थमन्त्रीहरूले पत्रकार सम्मेलन गरी वर्तमान सरकारकै कमजोरीले अर्थतन्त्र संकटतर्फ उन्मुख भएको आरोप लगाएका थिए । उनीहरूले अहिलेका अर्थमन्त्री शर्मा ‘अराजक अर्थमन्त्री’ भएको भन्दै एकाएक गभर्नरलाई निलम्बन गर्नु इतिहासकै ठूलो गल्ती भएको बताए । ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहीत स्वार्थ समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ एमालेका तीनजना पूर्वअर्थमन्त्रीद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । उनीहरूले देउवा नेतृत्वको वर्तमान सरकार गठन हुनुअघिको आर्थिक सूचकहरूसमेत प्रस्तुत गरेका थिए । बचाउमा अर्थमन्त्री गभर्नर निलम्बनको विषयमा चौतर्फी आलोचना भएपछि अर्थमन्त्री शर्माले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो कदमको बचाउ गरेका छन् । उनले गभर्नर अधिकारीमाथि कानुनसम्मत छानबिन गरिएको बताए । ‘राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको छ । छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुनेछ,’ अर्थमन्त्री शर्माले भने । छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । उनले आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरू नेतृत्व प्रदान गरेको दाबी गरे । अर्थतन्त्र कुनै संकटमा छैन अर्थमन्त्री शर्माले अर्थतन्त्र कुनै संकटमा नरहेको दाबी गरे । राजनीतिक उद्देश्यले अर्थतन्त्रबारे हल्ला फैलाइएको उनको आरोप छ । ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन,’ उनले अर्थतन्त्रको वर्तमान सूचकहरू प्रस्तुत गर्दै भने । अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने उनले बताए । व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै उनले त्यस्तो नगर्न आग्रहसमेत गरे । ‘अर्थतन्त्र ठीक दिशातर्फ जाँदै छ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही कसैलाई पनि फाइदा गर्दैन,’ अर्थमन्त्रीको भनाइ छ । कोरोना कहर तथा रुस र युक्रेनको संघर्षका बाबजुत पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उनले उल्लेख गरे । उद्योगधन्दा ठीक ढंगले सञ्चालनमा रहेको, विप्रेषण (रेमिट्यान्स) आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको तथ्यांक उनले पेस गरे । गत फागुन मसान्तसम्म मात्रै ९१ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको उनको भनाइ छ । ‘राजनीतिकरण गर्नका लागि अर्थतन्त्र संकटमा परेको भनेर ठूलो ठूलो स्वरमा जे भनिराखिएको छ त्यसले कोही कसैलाई राम्रो गर्दैन,’ अर्थमन्त्री शर्माले भने । बिदाका दिन सरकारी सवारीसाधन प्रयोग नगर्ने सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । उनले सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे । महँग एवं विलासी सवारीसाधनको आयात रोक्न प्रस्ताव गरिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पारे । मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पारे । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उनको भनाइ छ । वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय सञ्चालनमा भएका बढोत्तरी, कम उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रका वस्तु आयात निरुत्साहनले सकारात्मक नतिजा निकाल्ने अर्थमन्त्री शर्माले बताए । यस्तै, सुन आयातमा कटौती, बैंकमार्फत विप्रेषण आप्रवाहमा थप ब्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिबद्धतासमेतबाट अर्थतन्त्रको वाह्य दबाबको उपयुक्त व्यवस्थापन हुँदै जाने उनको भनाइ छ । विदेशी मुद्रा सञ्चितिको अवस्था सामान्य नै रहे पनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंकमार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेजस्ता विषयमा विश्लेषण तथा विमर्श गरी सोहीनुसार नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP