Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भरतपुरमा कांग्रेसका २५ आकांक्षी
भरतपुरमा कांग्रेसका २५ आकांक्षी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २९, २०७८
Bharatpur
Hardik health
काठमाडौं– वर्तमान सत्ता गठबन्धनले आउँदो ३० वैशाखका लागि तय स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ । अन्य पालिकाको हकमा उम्मेदवार टुंग्याउने जिम्मा तल्ला कमिटीलाई नै दिएको गठबन्धनले महानगरको भने केन्द्रबाटै टुंग्याउने भएको छ । तर, तालमेलको प्रारूपमा समझदारी जुटाउन सत्ता गठबन्धनलाई सकस परिरहेको छ । छ वटा महानगरमध्ये कहाँ कसलाई दिने भन्नेमा गठबन्धनभित्र तीव्र मतभेद छ । कांग्रेसले चार महानगरमा दाबी गरिरहेको छ भने गठबन्धनका अन्य दलले कांग्रेसले तीनवटामा मात्र दाबी गनुपर्ने अडानमा छन् । गठबन्धनले केन्द्रमा तालमेलको प्रारूप तयार नपार्दै बढी चासोका साथ हेरिएको चितवनको भरतपुर महागरपालिकामा भने नेपाली कांग्रेसले मेयरका आकांक्षीँको आवेदन संकलन गरेको छ । आइतबार र सोमबार दुई दिनको समय उपलब्ध गराइएकोमा मेयरका लागि कांग्रेसका २५ नेताले आकांक्षा देखाएका छन् । भरतपुरमा माओवादीले बलियो दाबी गरिरहेको छ । यस्तो बेला कांग्रेसको भागमा भरतपुर पर्छ, पर्दैन टुंगो छैन । तर, कांग्रेसको महानगर समितिले भने आन्तरिक तयारीमा जुटिसकेको देखिन्छ । अहिले पनि भरतपुरमा माओवादीकै रेणु दाहाल मेयर छन् । उनैलाई दोहोर्‍याउनेगरी माओवादीले भरतपुरमा दाबी गरिरहेको छ । आफ्नो भागमा कम्तीमा एउटा महानगर पर्ने र त्यसो हुँदा भरतपुर नछाड्ने माओवादीको रणनीति छ । केही दिन पहिले चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस चितवनका नेताहरूलाई लक्षित गर्दै भनेका थिए, ‘गठबन्धनको निर्णय गरिसकेका छौं । यसमा सबै लचिलो हुन जरुरी छ ।’ उनको आशय भरतपुरमा कांग्रेसले माओवादीलाई छोड्नुपर्छ भन्ने थियो । भरतपुरमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीकै दाबी छ । गठबन्धनका अन्य दल एकीकृत समाजवादी र जनता समाजवादीले त्यहाँ दाबी गरेका छैनन् । राष्ट्रिय जनमोर्चाको भरतपुरमा संगठन नै छैन । कांग्रेस चितवनका नेताहरूले यसपालि आफूहरूले भरतपुरमा स्वतः पाउनुपर्ने दाबी गर्दै आएका छन् । अघिल्लोपालि पनि माओवादीलाई सघाएको बताउँदै उनीहरूले सधैँ माओवादीका लागि छाड्न नसकिने बताएका छन् । भरतपुरमा कांग्रेसको जनाधार बलियो मानिन्छ । केही दिनअघि बसेको कांग्रेस चितवनको बैठकले भरतपुरमा आफूहरूलाई मेयर नदिए एक्लै अघि बढ्ने घोषणा गरिसकेको छ । त्यसैको तयारीस्वरूप कांग्रेसले उम्मेदवारको आकांक्षीको आवेदन संकलन गरेको देखिन्छ । उम्मेदवार छनोटमा सकस हुनसक्ने ठानेर कांग्रेसले निवेदन संकलन गरे पनि यसले झन् अप्ठ्यारो पार्ने देखिएको छ । भरतपुर कांग्रेसकै भागमा परेको खण्डमा पनि उम्मेदवार चयनमा रस्साकस्सी पर्ने देखिन्छ । जहाँ मेयर दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि बागमती प्रदेशका मन्त्रीसमेत छन् । भरतपुरको मेयर बन्न कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले आकांक्षा राखेका छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरका लागि निवेदन हालेका छन् । उनी १४औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । आइतबार १३ र सोमबार १२ जनाले मेयरमा आकांक्षा देखाउँदै निवेदन हालेका कांग्रेसको महानगर समितिले जनाएको छ । उपमेयरमा भने भने २४ जनाले आकांक्षा देखाएका छन् । महानगर समितिका अनुसार मेयरका लागि निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्वसभापति भरत अधिकारी, पूर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरीलगायतले आकांक्षा देखाएका छन् । यस्तै, नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दीर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न पार्टीभित्र निवेदन दिएका छन् । भरतपुर महानगरको उपमेयरतर्फ टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रविभद्र शर्मा पनि निवेदन परेको छ । निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले पनि उपयेरका लागि दाबी पेस गरेका छन् । सत्ता गठबन्धनले उम्मेदवार चयन गर्न नसकिरहेका बेला एमालेले भने आफ्नो तर्फबाट मेयरमा एक जना मात्र उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको महानगर कमिटीको बैठकले प्रदेश सांसद विजय सुवेदीको नाम सिफारिस गरेको हो । उनी पूर्वमन्त्रीसमेत हुन् । अघिल्लो निर्वाचनमा एमाले भरतपुरमा झिनो मतले पराजित भएको थियो । माओवादीकी रेणु ४३ हजार १२७ मत ल्याएर निर्वाचित भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए । सकसमा सत्ता गठबन्धन चुनावी तालमेलको प्रारूप तयार पार्न सत्ता गठबन्धनलाई सकस परेको छ । आइतबार बसेको रामचन्द्र पौडेल नेतृत्वको चुनावी संयन्त्रको बैठकले तालमेलको मोडालिटीलाई अन्तिम रूप दिन नसकेपछि सोमबार शीर्ष नेताहरूको बैठक बसेको थियो । शीर्ष नेताहरूको बैठक पनि विनानिष्कर्ष टुंगियो । बैठक आज मंगलबार ४ बजे फेरि बस्ने कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । खासगरी महानगरपालिकाको विषयलाई लिएर सत्तँ गठबन्धनभित्र सहमति जुट्न सकेको छैन । महानगरमा पनि भरतपुरकै विषयले अल्झाइरहेको सोमबारको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेसले काठमाडांै, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा दाबी गरिरहेको छ । माओवादी केन्द्रले भरतपुर माग गरेको छ भने एकीकृत समाजवादीले पोखरा दाबी गरिरहेको छ । त्यस्तै, जसपाले वीरगञ्जमा दाबी गरेको छ । सोमबारको बैठकपछि सत्ता गठबन्धन आबद्ध दलहरूले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन साझा अपिल भने गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा गठबन्धनबाटै उम्मेदवार तय हुने कुराको सन्देश दिनका लागि अपिल जारी गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP