

काठमाडौं— नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकिछिन् । सरकारले छानबिन समिति गठन गरेर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि ढुंगानाले कामु गभर्नरको जिम्मेवारी पाएपछिको पहिलो सार्वजनिक कार्यक्रममा सहभागी भए सो आग्रह गरेकि हुन ।
आयोजीत तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा कामु गभर्नर ढुंगानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्रनै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताईन । तरलता तथा ब्याजदरमा आएको उतार चढावका कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको दाबी उनले गरिन् । व्यापार चक्रको साइकल हुने भएकाले बिस्तारै सबै कुरामा सुधार आउँदै जाने उनको दाबी रहेको छ ।
कामु गभर्नर ढुंगानाले मुलुकको गरिबी निवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरू प्रभावकारी साधन भएको बताईन । उनले भननिन्, ’लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिंक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गर्दै आएको छ, लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदानलाई गर्ने वित्तीय सेवालाई जनाउँछ, जसले उनीहरूलाई स्वरोजगारका अवसर विकास गर्न, विभिन्न आय आर्जन गर्ने गतिविधि विकास गर्न मद्दत पुर्याउँछ ।’
उनीले नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकमा गरिबी निवारणका धेरै पहल सुरु गरिए ता पनि लघुवित्त कार्यक्रम ग्रामीण विकासको मुख्य आधार भएको बताईन । गरिब समूहको आर्थिक स्थिति उकास्नु, लैंगिक अन्तर कम गर्नु र महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्नु लघुवित्तका मुख्य उद्देश्य भएको बताएकी छिन् ।
कामु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासहरूका बाबजुद मुलुकको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै गरिबीको रेखामुनि रहेको बताईन । उनका अनुसार अझै पनि जनसख्याको २० प्रतिशत हिस्सा औपचारिक वित्तीय पहुँच भन्दा बाहिर रहेको बातउदै यस्तो स्थितिमा लघुवित्त वित्तीय संस्थालाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि निश्चय नै प्रभावकारी साधन मानिएको बताईन ।