काठमाडाैं - पाेखरामा फेवा महोत्सवमा अन्नपूर्ण केबलकार सबैभन्दा प्रमुख आकर्षण बनेकाे छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार सबैकाे लोकप्रिय बनेकाे हाे ।

“पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको पोखरा सेदिबगर देखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अन्नपूर्ण केबुलकार अवस्थित छ ।
यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार नै मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्न तत्पर रहेको हाे ।
पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुविधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्ने आयाेजकले बताएकाे छ ।
आयाेजकका अनुसार केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु प्नि हेर्न सक्नेछन् ।
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको आयाेजकले बताएका छन् ।