काठमाडाैं – सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख १०० पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक हजार ३६५ पुगेको महासघंले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासघंले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।