Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय निर्वाचन : तातियो एमाले, अलमलमा गठबन्धन
स्थानीय निर्वाचन : तातियो एमाले, अलमलमा गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २८, २०७८
UML vs Gathabandhan
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विराटनगर महानगर कमिटीले आइतबार विराटनगरको मेयरका लागि पाँच जनाको नाम सिफारिस गर्‍यो । महानगरपालिका कमिटीका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाएको महानगर कमिटीले जनाएको छ । सत्ता गठबन्धनले चुनावी तालमेलको ‘मोडालिटी’ टुंग्याउन नसकिरहेका बेला प्रमुख प्रतिपक्ष एमालेले भने उम्मेदवार सिफारिसलाई तीव्रता दिइरहेको छ । धमाधम उम्मेवार सिफारिस भइरहेका छन् । आउँदो ३० वैशाखका लागि तय स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गरेर जाने निर्णय गरेको वर्तमान सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिरहेको छ । कुनै निष्कर्ष निकाल्न सकेको छैन । एमालेले आइतबार मात्रै ललितपुर महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकाका लागि उम्मेदवार सिफारिस गरेको छ । विराटनगरबाट पाँच जनाको नाम सिफारिस भए पनि ललितपुर र भरतपुर बाट भने एक/एक जनाको नाम सर्वसम्मत सिफारिस भएका छन् । जसकारण उनीहरू नै अब एमालेका आधिकारिक उम्मेदवार बन्ने देखिन्छ । एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि हरिकृष्ण व्यञ्जनकारलाई अघि सार्ने निर्णय गरेको छ । व्यञ्जनकार २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरमा झिनो मतले पराजित भएका थिए । त्योबेला कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६४२ ल्याएर निर्वाचित हुँदा व्यञ्जनकारले २४ हजार ३१३ मत पाएका थिए । एमालेले ललितपुरको उपमेयरका लागि भने मञ्जरी शाक्य आस्था र सरस्वती खड्काको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । एमालेले यही चैत मसान्तभित्र देशभरका उम्मेदवारको नाम सिफारिस गरिसक्न यसअघि नै परिपचत्र गरिसकेको छ । जसअनुसार सबै तहमा तीव्ररूपले काम अघि बढिरहेको केन्द्रीय निर्वाचन विभागका उपप्रमुख निरज आचार्य बताउँछन् । ‘हामीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न परिपत्र गरेका थियौं । सोहीअनुसार काम भइरहेको छ । गाउँपालिका र नगरपालिकाको वडाको हकमा सम्बन्धित पालिका कमिटी, गाउँपालिका अध्यक्ष्ँ जिल्ला कमिटी र नगरपालिका प्रमुख एवं महानगरको वडाअध्यक्षका लागि प्रदेशले निर्णय गर्ने मापदण्ड बनाएका छौं,’ आचार्यले भने, ‘उपहानगर र महानगरपालिकाका प्रमुख÷उपप्रमुख भने तल्ला कमिटीबाट आएका सिफारिसका आधारमा केन्द्रले टुंग्याउँछ ।’ आचार्यले भनेजस्तै उम्मेदवार चयनमा एमालेले खासै अलमल गरेको देखिँदैन । जिल्ला–जिल्लामा उम्मेदवार सिफारिस गर्ने काम भइरहेको छ । एमालेको स्थानीय कमिटीले दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार शिवशंकर साह (हिरा)लाई सिफारिस गरेको छ । यस्तै, काभ्रेको चौँरीदेउराली गाउँपालिका अध्यक्षमा गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामा, सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा शंकरराज बराल र डोटीको जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा तथा उपाध्यक्षमा जमुना बोहराको नाम सिफारिस गरेको छ । ओझा र बोहरा अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएका थिए । एमालेले पुनः उनीहरूलाई नै उम्मेदवार बनाउन सिफारिस गरेको हो । तल्लोस्तरमा धमाधम काम भइरहेकाले कति तहमा उम्मेदवार सिफारिस भए भन्ने एकीकृत तथ्यांक एमालेको केन्द्रीय कार्यालयमा आइपुगेको छैन । यद्यपि, दैनिक रिपोर्टिङ भने भइरहेको बताइएको छ । ‘अहिलेसम्म यति पालिकाबाट सिफारिस भयो भन्ने यकिन तथ्यांक त छैन । तर, दैनिक रिपोर्टिङ भइरहेको छ । त्यसलाई अद्यावधिक र एकीकृत गर्ने काम भइरहेको छ,’ निर्वाचन विभाग उपप्रमुख आचार्यले भने । पूर्वमन्त्री मेयर सिफारिस एमालेले आइतबार चितवनको भतरपुर महानगरपालिकाको उम्मेदवार पनि सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धन हुँदा एमाले भरतपुरमा झिनो मतले पराजित भएको थियो । माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि १९ नम्बर वडामा पुनः मतदान भएको थियो । भरतपुरमा अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट देवीप्रसाद ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनबाट माओवादीकी रेणु दाहाल मेयरका उम्मेदवार थिए । दाहाल ४३ हजार १२७ मत ल्याएर निर्वाचित भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए । मेयरको तुलनामा उपमेयरमा मतान्तर केही फराकिलो परेको थियो । उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाह ४७ हजार १९७ मत ल्याउँदै निर्वाचित भएकी थिइन् । एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी थिइन् । सोही महानगरमा एमालेले आउँदो निर्वाचनका लागि मेयरमा विजय सुवेदीको नाम सिफारिस गरेर पठाएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । अघिल्लोपटकका पराजित उम्मेदवार ज्ञवालीको प्रस्तावमा सुवेदीको नाम टुंगो लागेको बताइएको छ । बागमती प्रदेशसभा सदस्यसमेत रहेका सुवेदी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा सुवेदी सामाजिक विकास मन्त्री बनेका थिए । उनी २०७४ को प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए । गठबन्धनका तर्फबाट भने भरतपुमा को उम्मेदवार हुने भन्ने रस्साकस्सी छ । माओवादीले फेरि पनि आफूले नै पाउनुपर्ने र रेणुलाई नै दोहो¥याउने बताइरहेको छ भने कांग्रेसले कुनै हालतमा नछोड्ने चेतावनी दिइसकेको छ । अघिल्लो निर्वाचनमा माओवादीलाई सहयोग गरेकाले यसपटक आफूहरूले स्वतः पाउनुपर्ने कांग्रेसको दाबी छ । मेयर आफूलाई नदिए एक्लै अघि बढ्ने चितवन कांग्रेसले घोषणा गरिसकेको छ । कांग्रेसले थाल्यो निवेदन संकलन भरतपुर महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने विषयमा गठबन्धनभित्र माथापच्ची चलिरहेका बेला कांग्रेसले भने प्रत्यासीको ‘रोस्टर’ बनाउने तयारी थालेको छ । कांग्रेस भरतपुर महानगर समितिले आइतबार र सोमबार दुई दिनसम्म महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न इच्छुक नेताहरूलाई निवेदन दिन समय दिएको छ । जसअनुसार पहिलो दिन नै प्रमुख र उपप्रमुखतर्फ १३÷१३ जनाले निवेदन बुझाएका छन् । मेयरका लागि भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, नीलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठले निवेदन दिएका छन् । शाह अहिले महानगरको उमपेयर हुन् । यस्तै, उपमेयरका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले निवेदन दिएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP