Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • धान्नै नसकिने चुनाव खर्च
धान्नै नसकिने चुनाव खर्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
Hardik health
काठमाडौं– आउँदो ३० वैशाखका लागि तय भएको स्थानीय निर्वाचनमा पहाडी जिल्लाको वडाध्यक्षको तयारी गरिरहेका एक विद्यार्थी नेताले केही दिन पहिले भनेका थिए– ‘चुनाव त साह्रै महँगो हुन थालेछ । कम्तीमा १० लाख चाहिने भयो । कहाँबाट जुटाउनु त्यत्रो पैसा ?’ २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित जाजरकोटको भेरी नगरपालिका–५ का एक नेताले त्यतिबेला प्रतिमतदाता पाँच हजारका दरले रकम बाँडेको सुनाए । उनले वडामा कति जनालाई त्यस्तो रकम बाँडे त्यो त खुलाएनन् तर, चुनावमा पराजित भएका उनी फेरि नउठ्ने निर्णयमा पुगेका छन् । ‘अघिल्लो चुनावकै ऋण तिरेर सकिएको छैन । फेरि त कसरी उठ्नु ?,’ उनले निरासा पोखे । यी फरक प्रतिनिधि घटना मात्र हुन् । अहिले चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका सबैलाई खर्चकै पिरलो छ । खर्चको जोहोमा जुटेका उनीहरूको ठहर छ– चुनाव निकै महँगियो । चुनाव महँगिदै गएको प्रसंगलाई बल पुग्ने अभिव्यक्ति सार्वजनिक भयो कांग्रेस नेता शशांक कोइरालाको । उनले निकै डरलाग्दो विषय खुलासा गरे । शनिबार कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा आफ्नो छ करोड रूपैयाँ खर्च भएको सुनाए । प्रतिनिधिसभामा नवलपरासीबाट निर्वाचित उनले चुनावैपिच्छे आफ्नो खर्च बढिरहेको बताए । कोइराला नवलपरासी क्षेत्र नम्बर १ बाट तीनपटक निर्वाचित भएका थिए । ‘पहिलो चुनावमा मेरो खर्च ८० हजार रूपैयाँ थियो । दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा छ करोड । ल भन्नुस् त तपाईंहरू कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट ? म छोड्न तयार छु । तपाईंहरूले कम्तीमा छ-सात करोड त्यहाँ (खर्च) गर्नुपर्छ,’ उनको भनाइ थियो । कोइरालाको आशय एकातिर त्यहाँ आफूबाहेक अर्कोले चुनाव लड्न सक्दैन भन्ने देखिन्थ्यो भने अर्कोतिर बढ्दो चुनावी खर्चको फेहरिस्त थियो । चुनावमा खर्च घटाइनुपर्ने कोइराला बताउँछन् । ‘पहिलो चुनावमा ८० हजार खर्च भयो । किनभने, म मान्छेलाई चिन्दै चिन्दिनथेँ । नौलो ठाउँ थियो । सातवटा गाविस थियो । पहाडमा मलाई उठाएर लिएर गएका छन् । चिनिसकेपछि मूल्य (खर्च) त घट्नुप¥यो नि,’ कोइरालाले भने । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने दायरा तोकेको थियो । उम्मेदवारले चुनावमा कति खर्च भयो भनेर सार्वजनिक रूपमा भनेका त हुँदैनन्, तर उनीहरूले निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै बढी खर्च गर्ने गरेको तथ्य कोइरालाले खुलासा गरिदिए । शनिबारको कार्यक्रममा कोइरालाले ‘अफ द रेकर्ड’ भन्दै दायराभन्दा बढी खर्च गरेको स्वीकार गरे । उनले सम्बोधन गरिरहेको उक्त कार्यक्रमको भने विभिन्न मिडियाले प्रत्यक्ष्ँ प्रसारण गरिरहेका थिए । निर्वाचन आयोगले आउँदो स्थानीय निर्वँचनका उम्मेदवालाई लक्षित गरी यसअघि नै खर्चको सीमा निर्धारण गरिसकेको छ । जसअनुसार महानगरपालिकाका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने छन् । उपमहानगरका मेयर र उपमेयरले बढीमा पाँच लाख ५० हजार रूपैयाँसम्म मात्रै खर्च गर्न पाउने आयोगले बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नगरपालिकाका मेयर र उपमेयरले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार रूपैयाँ निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । महानगरका वडाध्यक्ष र सदस्यले तीन लाख ५० हजार, उपमहानगरका वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने आचारसंहितामा उल्लेख छ । तर, राजनीतिक दलहरूले भने महानगरको निर्वाचनमा कम्तीमा एक करोड रूपैयाँ खर्च गर्न पाउनुपर्ने माग गरेका थिए । केही दलका नेताहरूले आयोगसँको छलफलमा प्रतिनिधिसभा निर्वाचनमा पाँच करोड रूपैयाँसम्म बनाउनुपर्ने मागसमेत गरेका थिए । मूल्यवृद्धि धेरै बढिसकेकाले खर्चको सीमा हिजोकै जस्तो राख्दा अव्यवहारिक हुने कांग्रेसका एक नेताले बताए । मापदण्ड तोकेपछि त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र आयोगसँग नभएको उनी बताउँछन् । उसो त आयोगले तोकेको सीमामा रहेर खर्च गर्ने उम्मेदवारको संख्या एकदम न्यून रहन्छ । उम्मेदवारले आयोगले तोकेकोभन्दा १३६ प्रतिशत बढीसम्म खर्च गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । बढी खर्च गर्नेले धेरै मत पाउने भएकाले पनि खर्चका लागि उम्मेदवारबीच होडबाजी नै चल्ने गर्छ । जुन क्रमले आउँदो निर्वाचनमा पनि निरन्तरता पाउने देखिन्छ । चुनाव खर्च बढेको बढ्यै प्रत्येक पटकको निर्वाचन महँगो हुँदै गएको तथ्यांकहरूले देखाउँछ । २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचन गर्दा ८० करोड हाराहारी खर्च गरिएको थियो । त्यस्तै, २०५१ सालमा सवा एक अर्ब र २०५६ सालमा दुई अर्ब ७५ करोड आसपासमा खर्च भएको देखिन्छ । पहिलो संविधानसभाको निर्वाचनमा सात अर्ब ५० करोड र दोस्रो संविधानसभाको निर्वाचनमा ११ अर्ब १० करोड रूपैयाँ खर्च भएको सरकारी अध्ययनले देखाएको छ । २०७४ को प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मात्रै ३० अर्बभन्दा बढी खर्च भएको थियो । निर्वाचन पर्यवेक्षण समितिको अनुसन्धानमा आधारित प्रतिवेदनमा गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र समर्थकबाट ५० अर्ब ९६ करोड खर्च भएको उल्लेख छ । निर्वाचन आयोगबाट १८ अर्ब ४६ करोड खर्च गरिएको थियो । आयोग र दलबाट भएको कूल खर्च ६९ अर्ब ४२ करोड रहेको उक्त अध्ययनको आँकडा छ । यसअनुसार प्रतिमतदाता चार हजार ९२३ रूपैयाँ खर्च भएको देखिन्छ । तर, सरकारी तथ्यांकले गत स्थानीय तहको गत निर्वाचनमा प्रतिमतदाता ४८८ रूपैयाँ खर्च भएको देखाउँछ । समितिले पछिल्लो प्रदेश र संघको ६२ अर्ब २१ करोड खर्च भएको तथ्यांक सार्वजनिक गरेको थियो । जसमध्ये, दलहरूले चुनाव जित्नका लागि ४५ अर्ब ९५ करोड खर्च गरेका थिए । १६ अर्ब २६ करोड आयोगका तर्फबाट खर्च गरेको देखिन्छ । स्थानीय तहको निर्वाचनमाभन्दा प्रदेश र संघको निर्वाचनमा कूल मतदाता खर्च कम देखिएको छ । प्रदेश र संघको निर्वाचनमा प्रतिमतदाता चार ४० रूपैयाँ खर्च भएको छ । गत चुनावमा तीन तहका लागि कूल खर्च १३ अर्ब १६३ करोड खर्च भएको उक्त अध्ययनले देखाएको छ । आउँदो स्थानीय निर्वँचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आठ अर्ब ११ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । आयोगले अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड रूपैयाँ माग गरेको थियो । तर, अर्थले आयोगबाट माग भइ आएकोभन्दा ८४ करोड रूपैयाँ कम बजेट निकासा गरेको छ । अर्थबाट विनियोजन भएको रकम स्थानीय निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खर्च हुने आयोगले जनाएको छ । अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि चार अर्ब ४५ करोड ९४ हजार, प्रहरीका लागि एक अर्ब ३२ करोड ४९ लाख ७८ हजार २०० र सशस्त्र प्रहरीका लागि ४४ करोड ५५ लाख ६४ हजार रूपैयाँ निकासा गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली बिहीबार, भदौ १२, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP