Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन आचारसंहिताः के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?
निर्वाचन आचारसंहिताः के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
RS_KTM_20000101_0114
Hardik health
काठमाडौं– निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता शुक्रबारदेखि लागू भइसकेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । अघिल्ला निर्वाचनमा मतपरिणामलाई नै प्रभावित पार्ने गरी पद र पैसाका माध्यमबाट चलखेल भएको भन्ने व्यापक जनगुनासो आएपछि आयोगले यसपटक आचारसंहिताको अनुगमन र कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखेको छ । आयोगबाट जारी आचारसंहितामा भनिएको छ, ‘सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुठा साइट, अकाउण्ट सञ्चालन गर्न वा गराउन कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत लाञ्छना वा मानहानि हुने प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ ।’ कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचारप्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोगले आग्रह गरेको छ । के गर्न पाइँदैन ? आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ । राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख छ । निर्वाचन आचारसंहितालाई पालना गर्न निर्वाचन तथा मतगणनामा खटिने कर्मचारी, राजनीतिक दल वा  उम्मेदवारको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले निर्वाचनको कार्यमा खटिँदा अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । निर्वाचनको परिणामको विषयमा कुनै अदालतमा प्रश्न उठाउन पाउने नागरिक अधिकारलाई कुण्ठित गर्ने नभई निर्वाचन व्यवस्थापनमा स्वच्छता, निष्पक्षता र प्रभावकारिता अभिवृद्धि गर्नेमा आयोग विश्वस्त छ । के गर्न पाइन्छ ? राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारको सिलसिलामा पचहत्तर ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म आकारको एउटै रङको पर्चा, उम्मेदवारको कार्यालयमा तीन बाइ तीन फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिह्न र उम्मेदवारले ‘ए’ फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा यस्तै प्रकृतिका प्रचारप्रसारसम्बन्धी कार्यक्रम गर्दा तथा निर्वाचन अधिकृतको अनुमति लिई सवारीसाधन प्रयोग गर्दा सोहीबमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ । कुनै लाभको पद धारण नगरेको भन्ने व्यवस्थालाई उम्मेदवार आफैंले स्वघोषणामार्फत उम्मेदवारी दर्ता गराउन सक्ने र स्वघोषणाको निज स्वयं नै जिम्मेवार हुने व्यवस्था रहेको छ । स्थानीय तहका बाहालवाला पदाधिकारीको अधिकारका लागि भोलि हुनसक्ने खतरा र दुर्घटनाबाट बच्न राजीनामा वा स्वघोषणासम्बन्धी प्रावधानबारे आयोगले समयमै जानकारी गराएको आयोगको भनाइ छ । स्थानीय तहका बहालवाला पदाधिकारीको उम्मेदवारी दर्ता तथा छानबिनको विषयलाई ऐन नियमको परिधिभित्र रही तदनुरूप नै कार्यान्वयन गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता नैतिक बन्धनको संहिताको रूपमा रहेको कानुनी दस्तावेज एवं सरोकारवाला सबैले पालना गर्नका लागि स्वीकार गरिएको नैतिक नियम हो । आचारसंहिता कार्यान्वयनमा केही कानुनी र संरचनागत सीमितता रहे पनि आचारसंहिताको प्रयोग कानुनभन्दा माथि हुने भएकाले राजनीतिक दल र उम्मेदवारलगायत अन्य सबै निर्वाचन सरोकारवालाबाट आचारसंहिताको पूर्णपालना हुन्छ भन्ने आयोगले विश्वास लिएको छ । हुनसक्छ उम्मेदवारी रद्द आचारसंहिताको उल्लंघन भएमा आचारसंहिता उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानुनतः जरिवाना वा दण्डसजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्दसम्म हुने कानुनी व्यवस्थालाई कार्यान्वयन गरिने प्रवक्ता शर्माले जानकारी दिए । राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सरोकारवालासँगको समन्वय र सहजीकरणलाई व्यवस्थित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको अनुगमनलाई आयोगले प्राथमिकताको विषय बनाएको छ । आचारसंहिता अनुगमनलाई केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न अनुगमन संरचना क्रियाशील रहने आयोगले जनाएको छ । निर्वाचनमा अनलाइन प्रकाशन तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफूले प्रकाशन, प्रसारण र सम्प्रेषण गरेको निर्वाचन सामग्रीप्रति जिम्मेवार बनाई दुरूपयोग र त्यसबाट हुने साइबर अपराधको नियमन र नियन्त्रण गरी निर्वाचनमा डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तेक्षप रोक्ने विषय निकै चुनौतीपूर्ण रहेको आयोगले महसुस गरेको छ । सामाजिक सञ्जालबाट हुनसक्ने निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक, अनुमानित र आचारसंहिता विपरीत सूचना तथा जानकारीको सम्प्रेषण तथा सम्भावित मित्थ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन र नियन्त्रणका लागि आयोगले संयन्त्र बनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली बिहीबार, भदौ १२, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP