काठमाडौं - राष्ट्र बैंकका सञ्चालक समितिले बार्गेनिङ गरेकाे अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले व्यवसायी पृथ्वी शाह र उनको परिवारको खातामा अमेरिकाबाट आएको १२ लाख डलर फुकुवा गर्न राष्ट्र बैंकका सञ्चालक समितिले ३० हजार डलर बार्गेनिङ गरेको बताएका हुन् ।
‘म सँग प्रमाण त छैन, तर ३० लाख रुपैयाँ (३० हजार डलर) बार्गेनिङ गरिएको भन्ने सुनेको छु,’ उनले आज राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा भनेका छन्, ‘तर आधिकारिक कुरा मलाई थाहा छैन ।’
अछामका पृथ्वी शाहले अर्थमन्त्रीसँग सम्पत्ति शुद्धीकरण विभागले कसुर स्थापित हुने आधार नभएकोले बैंकबाट रकम फुकुवा गर्न अनुरोध गरेका आधारमा आफूले राष्ट्र बैंकलाई खातामा रोक्का रकम फुकुवा गर्न लेखि पठाएको अर्थमन्त्री शर्माले स्वीकार गरेका छन् ।