काठमाडाैं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेकाे छ ।
हिजाे प्रतितोला एक सयले बढेर रु ९९ हजार तोकिएको सुनको मूल्य आज पाँच सयले बढेर रु ९९ हजार ५०० भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजारमा काराेबार भइरहेकाे छ । हिजाे तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५००मा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु१५ ले बढेर एक हजार ३४५५ पुगेको महासंघले जनाएको छ ।