Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावको मुखमा भटाभट नियुक्ति
चुनावको मुखमा भटाभट नियुक्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २५, २०७८
Cabinet Meeting
Hardik health
काठमाडौं– १७ चैतको मन्त्रिपरिषद् बैठकले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष र सदस्यहरू नियुक्त गर्ने निर्णय गर्‍यो । सोही दिनको मन्त्रिपरिषद् बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा काठमाडौंकी संगीता खड्का र गोरखापत्र संस्थानको महाप्रबन्धकमा डडेलधुराका लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय गर्‍यो । उक्त बैठकले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा वसन्तबहादुर पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको थियो । त्यसअघि १४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा स्याङ्जाका लेखनाथ शर्मा र काठमाडौंका जीवन अम्गाईंलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही दिनको बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाहीका सञ्जीव झा र राष्ट्रिय भूमि आयोगको सदस्यमा पाल्पाका भैरवराज रेग्मीलाई नियुक्त गर्ने निर्णय गर्‍यो । चुनावको मुखमा सरकारले नियुक्ति र सरुवा–बढुवालाई प्राथमिकता दिइरहेका उदाहरण हुन् यी । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ । जसका लागि निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिता अबको केही दिनमा लागू हुनेछ । सोही आचारसंहिताबाट बच्न सरकारले पछिल्ला बैठकहरूबाट भटाभट राजनीतिक नियुक्ति र सरुवा–बढुवालाई प्राथमिकता दिइरहेको छ । चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले पनि केही राजनीतिक नियुक्ति गरेको थियो । उक्त दिनको बैठकले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा तनहुँका प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै, विद्युत् नियमन आयोगको सदस्यमा ललितपुरका गौतम डंगोल, पाथिभरा क्षेत्र विकास समितिको अध्यक्षमा ताप्लेजुङका रक्की थेबेलाई नियुक्त गर्ने निर्णय पनि त्यसै दिनको मन्त्रिपरिषद् बैठकले गरेको थियो । बिहीबार (२४चैत) बाहेक चैतमा तीनपटक बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका विभिन्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अभिलेखमा भेटिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा पनि त्यसलाई निरन्तरता दिइयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकले २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्‍यो । राजदूत रिक्त भएको लामो समय भइसक्दा पनि चासो नदेखाएको सरकारले चुनाव नजिकिँदै गर्दा त्यसलाई प्राथमिकता दियो । राजदूत नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था भए पनि लामो समय बेवास्ता गरेको सरकार चुनावको मुखमा तातिनुलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ सकेर सम्बन्धित देशले एग्रिमो दिएपछि राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने प्रचलन छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनाको नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राजनीतिक दलहरूको कोटामा १२ जना र परराष्ट्र सेवाका कर्मचारीबाट आठ जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । प्रस्तावित राजदूतमा एकीकृत समाजवादीबाट मिलन तुलाधर (रुस), कैलाशराज पोखरेल (अस्ट्रेलिया) र डिल्लीराज पौडेल (मलेसिया) छन् । राजदूत सिफारिसमा परेका पोखरेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)को कोटाबाट डेनमार्कका लागि प्रा.डा. रामसुरज राय र साउदी अरेबियाका लागि नवराज सुवेदीलाई सिफारिस गरिएको छ । यता, माओवादी नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूत सिफारिस भएका छन् । राजदूत सिफारिस हुने अन्यमा दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), शान्ता रिजाल (इजरायल), जेपी प्याकुरेल (दक्षिण कोरिया) र नरेशविक्रम ढकाल (कतार) छन् । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका मिश्र ऊर्जामन्त्री पम्फा भुसालका बहिनी ज्वाइँ हुन् । यस्तै, स्पेनका लागि राजदूत सिफारिस भएकी पराजुली यसअघि ओमानको राजदूत भएकी थिइन् । उनलाई यही सरकारले गत ५ असोजमा फिर्ता बोलाउने निर्णय गरेको थियो । पराजुली ओमानका लागि राजदूत सिफारिसमा परेकै बेला म्यानपावर कम्पनी सञ्चालन गर्दा सर्वसाधारण ठगेको आरोप लागेको थियो । विजयकुमार गच्छदारको पार्टी (तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक)बाट राजदूत सिफारिसमा परेकी पराजुलीविरूद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी परेका थिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा उनी ओमानको राजदूत नियुक्त भएकी थिइन् । यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाका कर्मचारीबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदीलाई विभिन्न देशका राजदूतमा सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार काफ्लेलाई ब्राजिल, रेग्मीलाई अस्ट्रिया, लम्साललाई इजिप्ट, अर्याललाई ओमान, घिमिरेलाई बहराइन र वाग्लेलाई म्यानमारका लागि राजदूत सिफारिस गरिएको हो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक रहेका उनलाई सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थाभन्दा बाहिरबाट टेलिकमको प्रबन्ध निर्देशक बन्ने पहिलो व्यक्ति हुन् । विवादास्पद छविका पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिताता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलनिकट मानिन्छन् । टेलिकमको प्रबन्ध निर्देशक चयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले पौडेलसँगै टेलिकमकी निर्देशक संगीता पहाडी अर्याल र पूर्वएमडी बुद्धि आचार्यको नाम सिफारिस गरेको थियो । तर, पौडेललाई नै नियुक्त गर्ने गरी सञ्चार मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी निर्देशिकासमेत संशोधन गरेको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्य धेरै राजनीतिक नियुक्ति गरेको बुझिएको छ । उक्त निर्णय सार्वजनिक गरिएको छैन । निर्णयलाई परिपक्व बनाउन भन्दै सार्वजनिक नगरिएको हो । ‘धेरैमा नियुक्ति भएको छ । सम्झिनै सकिएन,’ मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले भने । बिहीबार नै अन्तर्राष्ट्रिय कानुनका विज्ञ भनेर चिनिने गैरसांसद गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्री नियुक्त गरेकी हुन् । यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवै मन्त्रीले बिहीबार नै पदभार ग्रहण गरिसकेका छन् । बन्दी तिनै व्यक्ति हुन् जसले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने कार्यको नेतृत्व गरेका थिए । यस्तै, एमसिसी सम्झौताको विषयलाई लिएर सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेका बेला ‘व्याख्यात्मक घोषणा’को उपाय सुझाउने उनी पनि थिए । उनी उक्त मस्यौदा लेखनमासमेत सक्रिय भएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूलाई व्याख्यात्मक घोषणामार्फत् एमसिसी अनुमोदन गर्ने विषयमा ‘कन्भिन्स’ गराउन उनको भूमिका रहेको बताइन्छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालनिकट मानिने उनलाई मन्त्री नियुक्त गरेर सरकारले ‘परमादेश र व्याख्यात्मक घोषणाको गुण तिरेको’ चर्चा भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP