काठमाडाैं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले सयले बढेकाे छ ।
हिजाे प्रतितोला एक सयले बढेर रु ९८ हजार ८०० तोकिएको सुनको मूल्य आज दुई सयले बढेर रु ९९ हजार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार पाँच सयमा काराेबार भइरहेकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु ५ ले बढेर एक हजार ३४५ पुगेको महासंघले जनाएको छ ।