Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहालको चितवन दौड
दाहालको चितवन दौड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २४, २०७८
Hardik health
काठमाडौं– सत्तारुढ गठबन्धनले आउँदो स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेर गृहकार्य अघि बढाएको छ । तर, कसरी अघि बढ्ने, कहाँ–कहाँ कसलाई नेतृत्व दिने भन्ने विषयमा गठबन्धनभित्र सहमति जुट्न बाँकी छ । यही बेला बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले आ–आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्ने टिप्पणी गरे । दाहालको उक्त अभिव्यक्तिले चितवनका कांग्रेस नेताहरूलाई झस्काएको छ । अध्यक्ष दाहालको भनाइ आइतबार कांग्रेस चितवनले गरेको निर्णयप्रति लक्षित थियो । आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर नपाए एकलरूपमै चुनावमा जाने घोषणा गरेको थियो । हाल भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल मेयर छन् । अघिल्लो निर्वाचनमा कांग्रेसको समर्थनमा उनी भरतपुरको मेयर निर्वाीचत भएकी थिइन् । कांग्रेसले उपप्रमुखमा चित्त बुझाएको थियो । यसपालि भने कुनै पनि हालतमा मेयर आफूले पाउनुपर्ने कांग्रेस नेताहरूको माग छ । उनीहरूले केन्द्रीय नेतृत्वलाई समेत यो विषयमा सचेत गराइसकेका छन् । तर, दाहालले रेणुलाई नै दोहो¥याउन चाहिरहेका छन् । केही दिन पहिले पनि उनले चितवन पुगेर कांग्रेसका जिल्ला नेताले भनेर मात्र केही नहुने बताएका थिए । उनले महानगरको निर्णय केन्द्रबाटै हुने र भरतपुर माओवादीको भागमा पर्ने आशय व्यक्त गरेका थिए । कथं, भरतपुर माओवादीको भागमा पर्‍यो भने रेणु नै उम्मेदवार बन्ने लगभग पक्का छ । बुधबार चितवन पुगेका दाहाल भूमिहीनलाई लालपूर्जा वितरण कार्यक्रममा सहभागी भएका थिए । सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेपछि दाहाल चितवन केन्द्रित भएका छन् । भरतपुर महानगरपालिकामा फेरि प्रमुखको दाबी गरिरहेकी छोरी रेणुका लागि माहोल बनाउन दाहाल उद्घाटन, शिलान्यासजस्ता कार्यक्रमको छेक पार्दै चितवन पुगिरहेका छन् । कतिसम्म भने उनले बुधबार भूमि आयोगको कार्यक्षेत्रलाई नै ‘हस्तक्षेप’ गरे । भूमिहीनलाई जग्गा वितरण गर्न भनेर सरकारले राष्ट्रिय भूमि आयोग बनाएको छ । चितवनमा पनि यसको जिल्लास्तरीय कार्यालय र पदाधिकारी छन् । बुधबार विभागीय मन्त्री शशी श्रेष्ठ पनि लालपूर्जा वितरण कार्यक्रममा सहभागी भएकै थिइन् । तर, दाहाललाई प्रमुख अतिथिका रूपमा सहभागी गराइनु ‘रणनीतिक’ मानिएको छ । भूमि आयोगको चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । उसो त दाहाल यो महिनामा बुधबार मात्रै चिवतन पुगेका होइनन् । यसअघि चैत १०, ११ तथा १६ गते उनी चितवनमै रहे । विभिन्न कार्यक्रममा सहभागी भए । जतिजति चुनावको नजिकिँदै गइरहेको छ, दाहालको चितवन दौडधुप पनि बाक्लिँदै गएको छ । चैत ११ मा भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्न पुगेका उनले मेयर दाहालको खुबै प्रशंसा गरेका थिए । ९४ करोड ३२ लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै उनले महानगरमा धेरै विकास भएको बताएका थिए । सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई दाहालले सम्बोधन गरेका थिए । त्यसको अघिल्लो दिन दाहाल चैत १० मा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भएका थिए । उनले माडी–२ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमूना वस्तीको उद्घाटन गरेका थिए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए । त्यसपछि भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले गौतमबुद्ध अन्तर्राीष्ट्रय क्रिकेट रंगशाला सरकारको दायित्वभित्र आएको र त्यसको काम अघि बढाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । चैत ११ मा काठमाडौं फर्र्किएका दाहाल १६ गते फेरि चितवन पुगे । त्यसदिन उनले राप्ती नगरपालिकामा निर्माण गरिएको विद्युत् सबस्टेसनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेसन निर्माण गरिएको भन्दै स्थानीयले विरोध गरिरहे पनि दाहालले उद्घाटन गरे । हाल ऊर्जामन्त्री माओवादीकै पम्फा भुसाल छन् । सोही दिन दाहालले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब रूपैयाँ लागतमा बन्न लागेको २३ किलोमिटर तटबन्धको दाहालले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका थिए । त्यस्तै, उनले महानगरको रिङरोडअन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास पनि गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यीय कबर्ड हलको पनि उनले उद्घाटन गरे । यसले दाहाल चितवनलाई लिएर उकुसमुकुसमा छन् भन्ने प्रस्ट हुन्छ । जसरी पनि फेरि भरतपुरको मेयर हत्याउने रणनीतिमा लागेका उनी त्यसका लागि माहोल बनाउन लागिपरेको माओवादीकै एक नेताले बताए । उनको चितवन दौडधुप त्यसैको उपज हो । बुधबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको भन्दै सबैले लचिलो हुन सिक्नुपर्ने उल्लेख गरेका थिए । जसको आशय कांग्रेसको दाबीलक्षित थियो । ‘हामीले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसक्यौं । सबैले आ–आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ । त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव हुँदैन,’ दाहालले भने । देशलाई छिटोभन्दा छिटो समाजवादउन्मुख राज्यतर्फ लैजान मिलेर जान आवश्यक रहेको उनको भनाइ थियो । उनले यसपल्ट धेरै महिलालाई मेयर र उपमेयर बनाउने चाहना रहेको पनि बताए । भरतपुरमा महिला मेयर र उपमेयरले राम्रो काम गरेको उनको भनाइ थियो । भरतपुर महानरपालिकोको नेतृत्वका लागि माओवादी र कांग्रेसबीच निकै माथापच्ची हुने देखिन्छ । कांग्रेसले भरतपुरमा आफूले मेयर नपाउने हो भने एक्लै अघि बढ्ने बताए पनि सोमबार सत्ता गठबन्धन आबद्ध दलको जिल्लास्तरीय बैठकमा तालमेल गरेर जाने विषयमा सहमति भएको छ । यद्यपि, त्यसको मोडालिटी भने टुंगो लागेको छैन । गठबन्धन दलले केही दिनअघि महानगरको हकमा केन्द्रबाटै उम्मेदवार टुंग्याउने निर्णय गरेकाले पनि मोडालिटी बन्न नसकेको हो । अघिल्लो स्थानीय निर्वाचनमा चितवनका सातमध्ये भरतपुर महानगरसहित माडी नगरपालिकामा माओवादीले जितेको थियो । एमालेले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा जितेको थियो भने कांग्रेसले इच्छाकामना गाउँपालिका मात्र जितेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP