काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँको दरले मूल्य बढाएको हाे ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुर्याएको छ ।