काठमाडाैं – आज सुनको मूल्य प्रतितोला तीन सयले घटेकाे छ ।
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर रु ९८ हजार ५०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला रु ९८ हजार ८००मा काराेबार भएकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले नै घटेर रु ९८ हजारमा काराेबार भइरहेकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैँयाले घटेर एक हजार ३३५ पुगेको महासंघले जनाएको छ ।