

इलाम– साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा एकहप्ते चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका–८ मा रहेको भिरमहमा चट्टान आरोहणको १ हप्ताको प्रारम्भिक तालिम सुरु भएको हो ।
तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन् । तालिमको आयोजना याम बहादुर (कमल) फाएडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरूले यो तालिममा सहभागिता भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ । तालिममा सहभागीहरूलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ ।
इलाम नगरपालिकामा साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रूपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ । पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरूको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ ।