Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तालमेलमा सक्रिय गठबन्धन : जिल्ला–जिल्लामा संयन्त्र
तालमेलमा सक्रिय गठबन्धन : जिल्ला–जिल्लामा संयन्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २३, २०७८
Gathabandhan-meetting-RSS
Hardik health
काठमाडौं– आउँदो स्थानीय तह निर्वाचनमा तालमेल गर्ने पक्का भएसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरूले जिल्ला–जिल्लामा संयन्त्र बनाउने कामलाई तीव्रता दिएका छन् । केन्द्रको सर्कुलरअनुसार जिल्लामा संयन्त्र बनाएर चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति जुटाउन थालिएको हो । कुन जिल्लामा कुन दलको अवस्था कस्तो छ भनेर स्थानीयस्तरबाटै त्यसको प्रतिवेदन तयार पार्ने काम अघि बढेको जानकारी दिइएको छ । गठबन्धन दलको दलगत वस्तुस्थितिको प्रतिवेदन संयुक्तरूपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने समझदारी सम्बन्धित जिल्लाहरूले गरिरहेका छन् । जिल्लास्तरमा गठबन्धनका लागि समझदारी हुन थालेपछि सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले तत्काल उम्मेदवार नटुंग्याउन सबै समितिलाई निर्देशन दिएको छ । गठबन्धनको प्रारूप तय नभएसम्मका लागि उम्मेदवारको नाम टुंगो नलगाउन निर्देशन दिइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । मंगलबार लमजुङमा सत्ता गठबन्धनका दलहरूबीच तालमेल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धन दलको मंगलबार बेँसीसहरमा बसेको बैठकले आगामी ३० वैशाख मा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो । लमजुङमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सक्रिय छन् । बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति टकराज गुरुङले जानकारी दिए । यसका लागि सभापति गुरुङको संयोजकत्वमा नेकपा माओवादीका जिल्ला संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको छ । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका प्रमुख जितेको थियो । त्यस्तै, माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष जितेको थियो । त्यस्तै, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस, मस्र्याङदी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । लमजुङअघि सत्ता गठबन्धन दलले अन्य ११ जिल्लामा चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । कञ्चनपुर, अछाम, जाजरकोट, अर्घाखाँची, बागलुङ, कास्की, तनहुँ, चितवन, नुवाकोट, धनकुटा र तेह्रथुममा समझदारी बनेको हो । आइतबार जाजरकोटमा रहेका सत्ता गठबन्धन दलले पनि तालमेलको निर्णय गरेका थिए । जाजरकोटमा चार दलले गठबन्धनको काम कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीन जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय गरेका गरेका छन् । जाजरकोटमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सक्रिय छन् । पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न÷नगराउन समेत निर्देशन दिइएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमानबहादुर खड्काले बताए । पालिका तहमा पनि जिल्लाकै अभ्यासअनुरूप समन्वय बैठक अविलम्ब आयोजना गरी त्यसको जानकारी माथिल्लो निकायमा गराउन सबै पार्टीका पालिका समितिलाई परिपत्र गरिएको उनले बताए । तीन नगरपालिकासहित सात स्थानीय तह रहेको जाजरकोटमा २०७४ को निर्वाचनमा एमालेले दुई नगरपालिका र एक गाउँपालिका, माओवादीले एक नगरपालिका र एक गाउँपालिका तथा कांग्रेसले दुई गाउँपालिकामा जितेका थिए । गठबन्धनका लागि सबैभन्दा सकस पर्ने आकलन गरिएको भरतपुर महानगरपालिका रहेको चितवनमा पनि तालमेल गर्ने निर्णय गरिएको छ । यद्यपि, भरतपुरको नगरप्रमुख नपाउने हो भने एक्लै चुनाव लड्ने कांग्रेसको भनाइ छ । अघिल्लो निर्वाचनमा भरतपुरमा माओवादीकी रेणु दाहाल कांग्रेसको समर्थनमा नगरप्रमुख निर्वाचित भएकी थिइन् । उपप्रमुख कांग्रेसले लिएको थियो । भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका कारण निकै विवाद र चर्चामा आएको थियो । पछि अदालतको आदेशअनुसार मतपत्र च्यातिएका वडामा पुनः निर्वाचन गरिएको थियो । यसपालि नगरप्रमुख कुनै हालतमा नछाड्ने कांग्रेसको तयारी छ । जिल्लाका नेताहरूले केन्द्रमा सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई जसरी पनि यसपटक कांग्रेसले नगरप्रमुख पाउनुपर्ने दबाब दिइरहेका छन् । उनीहरूले नगरप्रमुख नपाए चितवनबाटै गठबन्धन अन्त्यको औपचारिक सुरुआत गर्ने पनि नेतृत्वलाई धम्की दिइसकेका छन् । चितवन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पनि हो । र, भरतपुरकी नगरप्रमुख प्रचण्डपुत्री हुन् । कांग्रेस चितवनका नेताहरूले बाउछोरीकै लागि सिट छोड्न नसक्ने बताइसकेका छन् । संसदीय निर्वाचनसम्म गठबन्धन कायम रहे प्रचण्डलाई सघाउन तयार रहेको तर, महानगरमा भने कुनै हालतमा नछाड्ने जिल्ला नेताहरूको भनँइ छ । सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले तालमेलको निर्णय गरे पनि कांग्रेसले महानगर नपाउनेबित्तिकै त्यो निर्णय तुहिने पक्कापक्की छ । चितवनमा गत निर्वाचनमा कांग्रेसले एक, माओवादीले दुई र एमालेले चार स्थानीय तहका प्रमुख जितेका थिए । स्थानीय निर्वँचनका लागि (महानगरपालिकाबाहेक) केन्द्रबाट गठबन्धन नगर्ने, गठबन्धनको जिम्मा स्थानीय समितिलाई नै दिने समझदारी भएपछि जिल्लास्तरका समितिहरू सोहीअनुसार सक्रिय भएका हुन् । १२ स्थानीय तह रहेको नुवाकोटमा अघिल्लोपटक कांग्रेसले सात, एमालेले तीन र माओवादी केन्द्रले दुई वटा स्थानीय तह जितेका थिए । यस्तै, तनहुँमा कांग्रेसले छ, एमालेले तीन र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । कास्कीको पाँचवटा स्थानीय तहमध्ये चार वटामा एमालेले जितेको थियो । एक महानगर र तीन गाउँपालिका एमालेले जित्दा कांग्रेसले एउटामा जित हात पारेको थियो । कास्कीको पोखरा महानगरसहित, रूपा, माछापुच्छ«्रे र मादी गाउँपालिकामा एमाले विजयी भएको थियो भने अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएको थियो । यस्तै, बागलुङका १० पालिकामध्ये पाँच पालिकामा कांग्रेस, तीनमा एमाले, एउटामा माओवादी र एउटामा राष्ट्रिय जनमोर्चा विजयी भएका थिए । अर्घाखाँचीका छ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनमा कांग्रेस चार तथा एमाले र माओवादी एक÷एक पालिकामा विजयी भएका थिए । यसैगरी, यसपटक सत्तारूढ दलले गठबन्धन गर्ने निर्णय गरेको धनकुटामा एमालेले ‘क्लिन स्वीप’ गरेको थियो । सात स्थानीय तह रहेको धनकुटामा कांग्रेसले दुईवटा वडामात्र जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिले एक÷एक वडामा जितेका थिए । यस्तै, छ स्थानीय तह रहेको तेह्रथुममा पनि अघिल्लो निर्वाचनमा एमालेले पाँचवटा पालिकामा जित हात पारेको थियो । बाँकी एउटामा कांग्रेस विजयी भएको थियो । दशवटा स्थानीय तह रहेको अछाममा पनि सत्ता गठबन्धन दलले तालमेल गर्ने निर्णय गरेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले दुई पालिकामा जितेका थिए । साथै, नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले पाँच पालिकामा प्रमुख र सात पालिकामा उपप्रमुख जितेको थियो । बाँकी दुई÷दुई पालिकाका कांग्रेस र माओवादी विजयी भएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP