काठमाडाैं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेकाे छ ।
आज सुनको मूल्य प्रतितोला एक सयले बढेर रु ९८ हजार ८०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ७००ले काराेबार भएकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३ सयमा काराेबार भइरहेकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १० ले घटेर एक हजार ३४० पुगेको महासंघले जनाएको छ ।