काठमाडाैं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले घटेकाे छ ।
हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० ले काराेबार भएकाेमा आज ९८ हजार ७००मा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १६ सयले घटेर
रु ९८ हजार २ सयमा काराेबार भइरहेकाे छ । अघिल्लाे दिनमा तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सयमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १० ले घटेर एक हजार ३५० पुगेको महासंघले जनाएको छ ।