Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली जनताको रेल चढ्ने सपना पूरा भयो : मन्त्री यादव
नेपाली जनताको रेल चढ्ने सपना पूरा भयो : मन्त्री यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २०, २०७८
AKS_DHANUSHA
Hardik health
जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले वर्षौ देखिको नेपाली जनताको रेल चढ्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरेकी छन् । शनिबार नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् । रेल संचालन भएपछि नेपालको व्यापारलाई अगाडि बढाउन सकिने उनको धनाई थियो । उनले रेल संचालनले व्यापार समृद्ध भए यहाँका युवालाई विदेश जानुनपर्ने धारणा राखिन् । उनले रामसीताको सम्बन्ध जोडिएको नेपाल र भारतमा रेल संचालन भएपछि दुबै देशको सम्बन्धमा एउटा आयाम थप भएकोसमेत बताईन् । मन्त्री यादवले बिजलपुरासम्मको ट्रयाक निर्माण भइसकेको र हस्तान्तरण हुनेवित्तिकै त्यहाँसम्म पनि रेल चल्ने बताइन् । उनले बर्दिवासदेखि निजगढसम्मको ७० किलोमिटर रेल्वे ट्रयाकको तयारी भइरहेको बताउँदै रक्सौलदेखि सिमरा र सिमरादेखि काठमाडौंको यात्रा पनि रेलबाट हुने बताइन् । उनले विराटनगरबाट जोगबनी हुँदै बर्दिवाससम्म रेल्वे लाइन जोडे दुई देशको सम्बन्ध अझ सुमधुर हुने पनि बताईन् । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले सरकारको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि कोसेढुङ्गा हुने उनले विश्वास व्यक्त गरे । यसले मधेस प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उनको भनाई थियो । उनले लामो समयको प्रतिक्षापश्चात रेल सेवा सञ्चालन आएकोमा खुसीको लागेको बताउँदै यसबाट प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए । सदिऔँदेखि रहेको नेपाल–भारत सम्बन्धलाई रेल सेवाले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले रेल सेवा सञ्चालनका लागि संघीय सरकारले ठुलो भूमिका खेलेका बताए । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरधामको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले रेल सेवाका कारण जनकपुरधामभित्र दैनिक पर्यटक बढ्ने र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्दै नगरप्रमुख साहले रेल सेवाको सुरक्षा र संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि कार्यवहाक भारतीय राजदूत नाव्या खम्पाले नेपालको आर्थिक विकासलाई भारत सरकार नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै रेल सेवा यसैको उदाहरण भएको बताए । उनले रेल सेवा सञ्चालनसँगै नेपाल र भारतबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे । नेपाल रेल्वे कम्पनी लिमिटेडका महानिर्देशक दीपककुमार भट्टराईले आइतबारदेखि दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने जानकारी गराए । गत २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी रहेको छ भने करिब एक हजार ३०० यात्रु बोक्न सक्ने क्षमता रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP