Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको भारत भ्रमण : पञ्चेश्वर अघि बढाउन नेपाल–भारत सहमत
देउवाको भारत भ्रमण : पञ्चेश्वर अघि बढाउन नेपाल–भारत सहमत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २०, २०७८
Hardik health
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले २०५२ साल माघ २९ गते महाकाली सन्धिमा हस्ताक्षर गरे । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी पीभी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा ६ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को टुंगो लगाउने सहमति समेत भएको थियो । महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर परियोजना सम्बन्धमा भएको सन्धिलाई महाकाली सन्धिका नामले पनि चिनिन्छ । उक्त सन्धि भएपछि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई द्विराष्ट्रिय लगानीमा संयुक्त रूपमा सञ्चालन गर्ने भनियो । ६ महिना भित्र डिपिआर टुंगो लगाउने भनियो । तर, सम्झौताको २६ वर्षसम्म पनि उक्त परियोजनाले गति लिन सकेन । संयोगले तिनै देउवा अहिले पनि प्रधानमन्त्री छन् । त्यसकारण शुक्रबारदेखि भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका देउवाले पक्कै यो विषय उठाउँछन् भन्ने आमअपेक्षा थियो । सोही अनुसार शनिबार देउवाले भारती समकक्षी नरेन्द्र मोदीसँगको भेटमा पञ्चेश्वर परियोजनाको विषय उठाए । दुवै देशका परराष्ट्र मन्त्रालयका अनुसार अब यो आयोजना अघि बढाउन नेपाल–भारत सहमत भएका छन् । यसअघि २०७१ साउनमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग भएका महत्त्वपूर्ण १० वटा सम्झौतामा पञ्चेश्वरलाई अघि बढाउने विषय पनि अटाएको थियो । उक्त सम्झौता कार्यान्वयन गर्न २०७१ कात्तिकभित्रै आयोजनाको डिपिआर तयार पार्ने समेत सम्झौतामा उल्लेख थियो । तर, हालसम्म न डिपिआर बन्यो, न परियोजनाबारे दुई देशबीचको विमति नै हट्यो । यद्यपि, प्रधानमन्त्री देउवाको यसपटकको भारत भ्रमणले भने पञ्चेश्वर परियोजनालाई अघि बढाउने बाटो खुलेको छ । दुवै देशका प्रधानमन्त्री सहभागी हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा पञ्चेश्वर परियोजनालाई तीब्र रूपमा अघि बढाउने विषय उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताए । मोदीले दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए । चर्चा धेरै, प्रगति शून्य चर्चा धेरै भएको तर, प्रगति शून्य भएको परियोजना हो, पञ्चेश्वर । पछिल्लो प्रगति भनेको २०७७ पुस १६ गते यो आयोजनालाई अघि बढाउन नेपाल र भारतबीच द्विपक्षीय सहमति भएको थियो । प्रभावित क्षेत्रलाई छुट्याएको पानीमध्ये ४ प्रतिशत जलविद्युत् आयोजनामा मिसिने गरी इनर्जी क्याल्कुलेसन तथा डिजाइन तयार पार्न भारत सहमत भएको थियो । तर, त्यसपछि यसमा फेरि काम हुन सकेन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन । भारतीय पक्षसँग भएको छलफलबाट टुगिंएका विषयमा ऊर्जा मन्त्रालयले गत वर्ष पत्रकार सम्मेलन गरेर पञ्चेश्वर परियोजनामा २५ वर्षपछि ‘ब्रेक थ्रु’ भएको बताएको थियो । उक्त पत्रकार सम्मेलनमा तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दुवै देशलाई मान्य हुने गरी आयोजनाको डिपिआर तयार हुने जानकारी दिएका थिए । तर, अहिलेसम्म यसको प्रगति भने शून्य नै छ । पञ्चेश्वरको डिपिआर टुंग्याउने जिम्मा नेपालको जल तथा ऊर्जा आयोगका सचिव र भारतका ऊर्जा आयोगका सचिव सम्मिलित विज्ञ समूह (टिम अफ एक्स्पर्ट)लाई दिइएको छ । तर, दुई पटकसम्म समयसीमा बढाउँदा पनि विज्ञ समूहले डिपिआर टुंगो लगाउन सकेको छैन । पञ्चेश्वर विकास प्राधिकरण गठन भएयता जम्माजम्मी ३ पटकमात्र विज्ञ समूहको बैठक बसेको छ । पानी बाँडफाँट र लाभका आधारमा लगानी गर्नेबारे कुरा नमिल्दा विज्ञ समूहको दोश्रो र तेश्रो बैठकमा छलफल भएर टुंग्याइएका विषय पनि अन्तिम रूप दिन सकिएको थिएन । उसो त २०७४ भदौ पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर एक महिनाभित्र अन्तिम रूप दिन दुवै देश सहमत भएका थिए । तर, त्यो अवधिमा पनि डिपिआर बनेन । त्यसपछि दुई देशबीच भएका उच्चस्तरीय भेटघाटमा पञ्चेश्वरको विषय गौण रह्यो । प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सम्हालेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ चैत अन्तिम हप्ता भारतको भ्रमण गरे । उनको भ्रमणका बेला पनि पञ्चेश्वर मुख्य एजेण्डा भनियो । तर, त्यो भ्रमणका बेला परियोजनासम्बन्धी केही सहमति वा सम्झौता भएको विषय भने बाहिर आएन । भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको विश्व विकास सम्मेलन (वल्र्ड डेभलपमेन्ट समिट) मा भाग लिएर फर्किएलगत्तै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले २०७५ फागुन १ गते पत्रकार सम्मेलन गर्दै साविकको अवस्थामा आयोजना बनाउन नसकिने बताएका थिए । उक्त भ्रमणका क्रममा भारतका विद्युतमन्त्री आरके सिंहसँग छलफल भएको र भारत पनि अहिलेकै अवस्थामा पञ्चेश्वर बन्न नसक्ने निष्कर्षमा पुगिसकेको मन्त्री पुनको भनाइ थियो । तर, शनिबार दुई देशका प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलमा परियोजना अघि बढाउनेबारे सहमति भएपछि विज्ञ समूहले छलफल अघि बढाउने बाटो खुलेको छ । यो आयोजनाबाट कूल छ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस्तै रूपालीगाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट थप २४० मेगावाट विद्युत् उत्पादन गरिनेछ । अध्ययनअनुसार पूर्णागिरिमा अर्को बाँध बनाइ थप एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । डिपिआर स्वीकृत नभएको अवस्थामा पनि आयोजनाको कूल लागत झण्डै पाँच खर्ब भारतीय रूपैयाँ बराबर हुने अनुमान गरिएको छ । परियोजनाबाट उत्पादन हुने बिजुली र पानीको मूल्यांकन गरेर लाभका आधारमा बाँडफाँट गरी लागत निर्धारण गरिने बताइएको छ । गत वर्ष पुसमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले चाँदनी र दोधारामा पानी उपलब्ध गराउने विषयमा सहमति गरेको थियो । सोही बैठकमा महाकाली सन्धिको प्रावधानअनुसार भारतले नेपालको ती क्षेत्रमा पानी उपलब्ध गराउन सहमत भएको थियो भने विवादका विषयमा समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार रहेको बताएको थियो । कोरोनाका कारण लामो समयसम्म दुई देशका उच्च अधिकारीबीच छलफल हुन नसक्दा आयोजनाको डिपिआरलगायत अन्य विषयमा छलफल हुन पाएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाएपछि अब भने विवादित विषयमा समेत सहमति जुट्ने अपेक्षा गर्न गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पानी उपभोगमा भारतको स्वार्थ विद्युतभन्दा पानी उपभोगमा भारतको स्वार्थ रहँदै आएको छ । पानीको बाँडफाँट र लाभका आधारमा लगानी सबैभन्दा पेचिलो मुद्दा बनेको छ । जसका कारण डिपिआर वर्षौंदेखि अल्झिरहेको छ । नेपालको प्राथमिकतामा ऊर्जा र भारतको प्राथमिकतामा सिँचाइ भएका कारण पनि परियोजनामा अड्चन आउने गरेको छ । तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा समेत कुरा मिल्न सकेको छैन । नेपालले तल्लो शारदामा उपलब्ध हुने पानीको विषयमा भारतको स्पष्ट जवाफ खोज्दै आएको थियो । महाकाली सन्धिअन्तर्गत नै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गरी दुवै देशले लाभ लिने लक्ष्य राखिएको थियो । दुवै देशले समस्या पहिचानका लागि प्राविधिक समितिसमेत बनाएको थियो । उक्त समिति र ऊर्जा सचिवस्तरीय समितिमा पटक–पटक छलफल भए पनि प्रक्रियाले गति लिन सकेको छैन । महाकाली सन्धिअनुसार नेपालतर्फको महाकाली सिँचाइ आयोजनामा उपलब्ध गराउने पानीको सन्दर्भमा निर्माण गर्नुपर्ने नहरको काम भने सुरु भएको छ । सन्धिअनुसार नै माथिल्लो तटीय क्षेत्रको जनजीवनका लागि छाड्नुपर्ने पाँच प्रतिशत पानीका विषयमा पनि यसअघि नै दुई देशका बीचमा सहमति भइसकेको छ । माथिल्लो तटमा बस्ती पनि नभएकाले त्यत्रो ठूलो परिमाणमा पानी छाड्नुनपर्ने भएकाले त्यसलाई एक प्रतिशतमा सीमित गरी बाँकी पानी ऊर्जा उत्पादनमा नै प्रयोग गर्ने गरी सहमति जुटाइएको थियो । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको ऊर्जा तर्फको कूल लगानीमध्ये ५० प्रतिशत हिस्सा नेपालले व्यहोर्ने विषयमा समेत दुई देशबीच सहमति भइसकेको छ । बाढी नियन्त्रण तथा सिँचाइका हकको लागतका सम्बन्धमा भने सहमति जुटिसकेको छैन ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP