काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।