काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।
बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण उनले दिने भएका हुन् ।
दलका नेता भीष्मराज आङ्देम्बेकाे सचिवालयले ‘संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्नु हुन्छ,’ भन्यो ।दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन्
सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।