काठमाडाैं - इभी माेटर्स नेपालले विद्युतीय स्कुटरकाे एक्स्चेन्ज मेला कार्यक्रम आयोजना गरेकाे छ ।
ग्राहकले पुरानो मोटरसाइकसँग विद्युतीय स्कुटर Lvneng Scooter एक्स्चेन्ज गर्न सकिने आधिकारिक विक्रेता तथा वितरक इभी माेटर्स नेपालले बताएकाे हाे ।
माेटर्सका अनुसार पुरानो मोटरसाइकल एक्स्चेन्ज गरी नयाँ Lvneng EV scooter खरिदमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।
पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजार सम्म प्राप्त गर्न सकिने माेटर्सले जनाएकाे छ ।
इभी माेटर्स नेपालले हरेक शनिबार बिहान११ बजेदेखि बेलुकी ४ बजे सम्म एक्स्चेन्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ।