Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन : तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय
स्थानीय तह निर्वाचन : तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १८, २०७८
Gathabandhan2
Hardik health
काठमाडौं– स्थानीय तहको निर्वाचन आउन अब ४२ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यसको तयारी पनि तीव्र पारिएको छ । निर्वाचनमा भाग दिने राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायले चुनावलक्षित गतिविधि, योजना, रणनीति र काम अघि बढाइरहेका छन् । आयोगले निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया अघि बढाएको छ । मतपत्र छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रमा परीक्षणका लागि बिहीबार नमूना मतपत्र छापिएको छ । आयोगले स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने छ । बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावलाई लक्षित गरेर कालीकोट र जुम्लाको कार्यक्रममा सहभागी भए । त्यहाँ उनले अन्य पार्टीका कार्यकर्तालाई एमालेमा भित्र्याउँदै ‘जनता कहिले एमालेको सरकार आउला भनेर पर्खिरहेको’ दाबी गरे । उनले चुनावमा सत्ता गठबन्धनलाई एमाले एक्लैले परास्त गर्ने दोहोर्‍याए । यही बीचमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहबी बिहीबार बालुवाटारमा भएको छलफलबाट उक्त निर्णय भएको हो । खासगरी सत्ता गठबन्धनका तीन दल (माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी)ले चुनावी तालमेलको विषयलाई जोडतोडका साथ उाउँदै आएका थिए । तर, गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले औपचारिक निर्णय नगर्दा यो विषय अन्योलमा पर्दै आएको थियो । कांग्रेसभित्र गठबन्धनका विषयमा दुई धार हुँदा पनि चुनावी तालमेल हुने/नहुने यकीन भएको थिएन । तर, मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने निर्णय गरेपछि बिहीबार बसेको गठबन्धनको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन राष्ट्रिय सभाको चुनाव जसरी नै एक ढिक्का भएर प्रतिस्पर्धा गर्ने कार्कीले बताए । यसअघि गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेको थियो । जहाँ एक सिटमा मात्र एमाले निर्वाचित भएको थियो, बाँकी सबै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । बिहीबारको बालुवाटार बैठकमा राष्ट्रिय जनामोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी भएकी थिइन् । संसद्बाट अमेरिकी सहयोगको परियोजना एमसिसी–कम्प्याक्ट सम्झौता अनुमोदन भएपछि राजमो गठबन्धनबाट बाहिरिएको थियो । तर, बिहीबारको बैठकमा राजमो उपाध्यक्ष पौडेल सहभागी भइन् । बैठकपछि राजमो पनि पाँच दलीय गठबन्धन बनाएर स्थानीय निर्वाचनमा जान सहमत भएको छ । गठबन्धइतर दलसँग तालमेल नगर्ने सत्ता गठबन्धनमा आबद्ध दलहरूले गठबन्धनबाहिरका अन्य दलसँग चुनावी तालमेल नगर्ने भएका छन् । बिहीबारको बैठकले स्थानीय निर्वाचनमा गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बताए । उक्त निर्णयसँगै गठबन्धनमा रहेका कुनै पनि दलले एमालेलगायत अन्य दलसँग चुनावी तालमेल गर्न पाउने छैन । तालमेलका लागि संयन्त्र बन्ने गठबन्धनमा आबद्ध दलहरूले तालमेलको स्पष्ट खाका तयार गर्नुअघि देशभरको स्थिति जाँच गर्ने भएका छन् । त्यसका लागि तीन तहको समिति बनाउने गठबन्धनमा सहमति जुटेको छ । ‘आ-आफ्ना दलका प्रदेशस्तरीय प्रमुखहरू हुनुहुन्छ, उहाँहरूको समिति बन्छ । त्यसले प्रदेशस्तरीय काम प्रारम्भ गर्छ । त्यस्तै, जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरूको समिति बन्छ । त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । त्यस्तैगरी, गाउँपालिकामा गाउँपालिकाका प्रमुखहरूको संयन्त्र बन्छ,’ बालुवाटार बैठकपछि मन्त्री कार्कीले भने । ती समितिहरूले यही २२ चैतभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, त्यसको बारेमा केन्द्रलाई विस्तृत प्रतिवेदन पेस गर्ने छन् । त्यही प्रतिवेदनको आधारमा थप छलफल गरेर निश्कर्षमा पुग्ने कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले बताए । महानगरको निर्णय केन्द्रबाटै सत्ता गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको हकमा भने केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । महानगरको जिम्मा स्थानीय समितिलाई नै दिँदा समस्या पर्ने विश्लेषणसहित यसलाई केन्द्रबाटै टुंग्याउने निश्कर्षमा गठबन्धन पुगेको हो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार महानगरबाहेक अन्य पालिकामा भने तल्ला कमिटीबाटै निर्णय गरिनेछ । कसैसँग गठबन्धन नगर्ने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनमा कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । तर, बैठकले गठबन्धन गर्ने नै भए त्यसको जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय समितिलाई अधिकार दिएको लोसपाका एक नेताले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिइएको उनले बताए । बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको जानकारी दिइएको छ । निर्वाचन परिचालन समिति तत्काल गठन गर्न निर्देशन नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रदेशलगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति तत्काल गठन गर्ने निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिको बिहीबार बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति तत्काल गठन गर्न निर्देशन दिएको हो । बैठकले विधानमा गरिएको व्यवस्था बमोजिम विभिन्न तहमा संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न निर्देशन दिएको हो । बैठकले स्थानीय चुनावका लागि जिम्मेवारी बाँडफाँड गरी परिचालित हुन पनि निर्देशन दिएको छ । पार्टीका नेता/कार्यकर्ताहरूले अब सम्पूर्ण समय निर्वाचन परिचालन अभियानमा क्रियाशील हुन परिपत्र गरिएको छ । सभापति शेरबहादुर देउवाले बुधबार समितिमा ५५ जना सदस्य मनोनीत गरेपछि बिहीबार बैठक बसेको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारको बैठकमा समितिका केही सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनका अनुसार बैठकमा प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बास्तोला, जीवन रानाले आ-आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP