Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘स्वतन्त्र निर्वाचनका लागि मिडियाको भूमिका महत्वपूर्ण’
‘स्वतन्त्र निर्वाचनका लागि मिडियाको भूमिका महत्वपूर्ण’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १८, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकताबद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरू सबै अप्ठ्याराहरूलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए । चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे । देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरूप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । रिपोर्टर्स क्लब नेपालले देशमा भएका महत्वपूर्ण परिवर्तन देखि संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको बताए । उनले भने, परिवर्तनका समयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका खेलेको छ । देउवाले क्लबलाई २४औं वार्षिकोत्वसमा शुभकामना तथा बधाई समेत दिए । त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले गठबन्धन आवश्यकत्ताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले भने,‘गठबन्धन एउटा सन्भर्दमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाएका हौं । कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ । अब कुनै द्धिविधा छैन् । निर्वाचन शान्तिपूर्ण हुन्छ । निश्पक्ष हुन्छ ।’ दाहालले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले संघीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भनेको प्रेसको भएको बताउँदै प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन लेभलमा उपभोग गरिएको छ, यो उत्साहजनक रहेको बताए । युद्धबाट शान्तिमा आउने प्रक्रियाको एउटा नेतृत्वको हैसियतले पनि आफूले जनयुद्धको कालमा पनि नेपाली प्रेसले आग्रह र पूर्वाग्रह नराखेको दाहालको भनाई थियो । उनले भने,‘अहिले अरु थुप्रै समस्या छन् । प्रेस चाहीँ व्यवस्थित् हुँदै गएको छ । प्रेसले आफ्नो दायित्व पूरा गरेकै देखिन्छ । शान्तिलाई प्रवद्र्धन गर्ने कुरामा, आर्थिक दिशामा लैजाने कुरामा प्रेसको महत्वपूर्ण भूमिका छ । नेपालको समृद्धिको यात्रामा प्रेसको भूमिका राम्रो छ । आगामी दिनमा अझै सशक्त भूमिका खेलोस ।’ उनले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले श्रीलंकाजस्तो स्थितिमा नेपाल नरहेको पनि जिकिर गरे । उनले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ । अहिले नै समाधानको लागि पहल सुरु भैसकेको छ । उपाय निकाल्छौं ।’
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP