
काठमाडौं — रिलायन्स फाइनान्स लिमिटेडले देशका विभिन्न भागका विद्यार्थीहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । रिलायन्सले ग्लोबल म नी विक–२०२२ को अवसरमा प्रदेश नं १ को झापा जिल्ला सुरुंगामा अबस्थित कन्काई बहुमुखी क्याम्पसमा अध्ययनरत बिबिएस तहका विद्यार्थीहरू र झापा जिल्ला मेचीनगर १२ सहरेजगिमा रहेको सरस्वती बाल कल्याण माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थीहरूलाई र प्रदेश नं ०५ अन्तर्गत कोहलपुर १०, बाँकेस्थित त्रिभुवन नमूना माध्यमिक बिद्यालयका विद्यार्थीहरू, कोहलपुर १० बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसका बिबिएस तहका विद्यार्थीहरू र राजापुर नगरपालिका वडा नं ४ बर्दिया स्थित अमर शहिद बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई बैंकिङ्ग चेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको गरेको हो ।
उक्त तालिम जम्मा ३८० जना विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै राजापुर नगरपालिकाका कृषक समूहसँग ग्लोबल मनी विक–२०२२ को अवसरमा बैंकिङ्ग चेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । रिलायन्स फाइनान्सका देशभर रहेका २१ शाखाहरूमार्पmत् वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।