Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘गण्डकी धार्मिक तथा पर्यटकीय स्थल’
‘गण्डकी धार्मिक तथा पर्यटकीय स्थल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १७, २०७८
TRP_NAWALPUR
Hardik health
नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको कैलाश सन्न्यास आश्रमको अधिवेशन उद्घाटन गर्दै उनले यहाँको धार्मिक क्षेत्रलाई जोडेर पर्यटकीय स्थल बनाउन सकिने बताए । प्रदेशको उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गजेन्द्र मोक्षधाम र यसबीचमा रहेका कैलाश सन्न्यास आश्रम, देवघाट, दाउन्नेदेवी, मौलाकालिका मन्दिर, मनकामना, गलेश्वर आश्रमलगायत हरेक धार्मिक तथा पर्यटकीय स्थल गण्डकी प्रदेशको सम्भावना रहेको उनले उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले कैलाश सन्न्यास आश्रमको स्तरोन्नतीका लागि संघीय, प्रदेश र स्थानीय सरकारसमेतले काम गरिरहेको सन्दर्भमा अब बजेट बनाउँदा प्रदेशबाट रकम विनियोजन गर्ने आश्वासन दिए । सो आश्रममा १५औँ शताब्दीको पुरातात्विक वस्तु भेटिएकाले त्यसको संरक्षण गर्दै यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड थियो । संविधानसभा सदस्य कृष्ण पौडेलले ऐतिहासिक महत्व बोकेको यस धार्मिक स्थलको अक्षयकोषका लागि ५० हजार सहयोग गर्ने घोषणा गरे । कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले विसं २०७२ देखि पुरातत्व विभागबाट अनुगमन तथा उत्खनन गरी २०६७ मा शिखरशैलीको कलात्मक शिव मन्दिर निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको जानकारी दिए । उनले हाल मन्दिरको निर्माण ७५ प्रतिशत सम्पन्न भएको बताए । आश्रमको प्रगति प्रतिवेदन, गुरुयोजना प्रस्तुत गर्दै कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका सचिव नेत्र रिजालले पाँच विघाह क्षेत्रफलको गुरुयोजना बनाउने, स्नानघाट, किरियापुत्री भवन, अतिथि गृह, मन्दिर रङरोगनलगायतका काम गर्नुपर्ने बताए । उनले आश्रमभित्र ३५ फुट अग्लो शिव भगवानको मूर्ति बनाउन आवश्यक रहेको बताए । सेनकालीन इतिहाससँग जोडिएको गैँडाकोटस्थित आश्रमको संरक्षण, सम्वद्र्धन तथा प्रबद्र्धनका लागि पुरातत्व विभागले जीर्ण अवस्थामा रहेको मन्दिर परिसरमा उत्खनन गरेको छ । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरी यसै क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ । मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ । यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कुँदिएका कलात्मक ढुङ्गा रहेका छन् । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् । पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले यहाँ एक हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेको थियो । टुटुफुटेका पुराना ढुङ्गा हेरी नयाँ ढुङ्गा निर्माणकार्य जारी रहेको छ । रासस
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP