Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पत्रकारको निःशुल्क उपचारका लागि पहल गर्छु : स्वास्थ्यमन्त्री
पत्रकारको निःशुल्क उपचारका लागि पहल गर्छु : स्वास्थ्यमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १७, २०७८
images
Hardik health
काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पत्रकारको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थाका लागि पहल गर्ने बताएका छन् । महासंघको ६७औं स्थापना दिवसको अवसरमा बुधबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले पत्रकारको स्वास्थ्य बिमा, ज्येष्ठ पत्रकार वृत्तिलगायतलाई व्यवस्थित गर्न र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने बताए । महासंघले स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको जानकारी दिएको छ । यस अवसरमा बुधबार बिहान काठमाडौंको सिनामंगलबाट सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीमा महासंघका विभिन्न शाखामा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो । सञ्चारग्रामस्थित महासंघको कार्यालयमा पत्रकारका लागि निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको थियो । जसमा दन्त तथा मिर्गौला परीक्षण र रक्तदान कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ । बुधबार नै महासंघले ‘पत्रकार तथा अञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव’ बारेमा तीन छुट्टाछुट्टै समूहमा समूहगत छलफल गरेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रहेको बताए । पत्रकारको पेसालाई व्यवस्थापन गर्न सरकार लागिपरेको उनले बताए । पत्रकारको सुविधाका लागि अनलाइनमार्फत सेवा उपलब्ध गराउँदै पत्रकारको सम्मानका लागि पत्रकारिता पुरस्कार, पत्रकार उपचार कोषलगायतमा सरकार क्रियाशील रहेको उनले बताए । समूहगत छलफलमा ‘कोभिड र प्रेस स्वतन्त्रताको अवस्था’ शीर्षकमा महासंघका पूर्वसभापति तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । महासचिव रोसन पुरीले ‘कोभिडको प्रभाव, महासंघको भूमिका र अबको रणनीति’ र पूर्वअध्यक्ष गोविन्द आचार्यले ‘पत्रकारहरूको पेसागत सुरक्षामा कोभिडको प्रभाव’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP