

पोखरा - पोखरामा ८० देशका कलाकाकाे सहभागितामा अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोल्सव गरिने भएकाे छ । ८० देशका कलाकाकाे सहभागितामा अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोल्सव द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टीबल हुने भएको हाे ।
फेस्टिबलको लागि ३४ रोपनी जग्गा दिने गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले बताएका छन् ।
अगामी सन् २०२३को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टीलमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो
कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि विश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने पर्यटनमन्त्री शर्माले बताए ।
मन्त्री शर्माले यो कार्यक्रमले देशको आर्थिक विकासमा पनि टेवा पुर्याउने बताए । मन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट फेस्टीबलको लागि आवश्यक जग्गा तथा अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने बताए ।
सो जे एम इन्टरटेन्टमेन्टको नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।
दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका यस्तो फेस्टीबल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफु उत्साहित भएको बताए ।