काठमाडाैं - केही दिनयता लगातार घटिरहेको नेप्से सेयर बजार उकालो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।
नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।
दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् ।
सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ ।