Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ट्रिएनालेमा अवलोकनकर्ताको घुइँचो
ट्रिएनालेमा अवलोकनकर्ताको घुइँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १६, २०७८
trinale
Hardik health
काठमाडौं ‍- काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको हाे । फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनालेअन्तर्गत भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् । २०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको थियो । फागुन १७ बाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले चैत १७ सम्म चल्नेछ । काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ । काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । ‘अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिकाप्रतिको आभारोक्ति हो । यसका साथै, यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो,’ फाउन्डेसनले भनेको छ । उक्त सहकार्यका बारे निर्देशक संगीता थापा भन्छिन्, ‘नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्नेछ । वस्तुगत, सुरक्षित र समावेशी ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो कार्यक्रम प्रस्तुत गर्नका लागि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग फलदायी सहकारिताको अपेक्षा गर्दछौँ ।’ ट्रिएनालेको चौथौं संस्करणको क्यरुेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्युरेटर रहेका कस्मिन कोस्टिनास र सह–क्युरेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्ने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुने बताइएको छ । ‘अनगिन्ती कलात्मक, सामाजिक तथा सामुहिक कथा र संकथनको मिलनबिन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सिमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो,’ विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ । विश्वव्यापी समकालीन कलाका लागि काठमाडौं ट्रिएनाले नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो । पहिले काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवको रूपमा परिचित काठमाडौं ट्रिएनालेको यो दोस्रो त्रैवार्षिक संस्करण हो । यसले व्यापक कला प्रदर्शनी र सुदृढ शैक्षिक कार्यक्रममार्फत ज्ञानको आदानप्रदानमा आधारित कलाको स्वस्थ वातावरणको विकासमा ध्यान दिन्छ । ट्रिएनाले प्रदर्शनी पाटन, काठमाडौं र बौद्धका सेरोफेरोमा रहेका ५ ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानमा हुन्छ । काठमाडौं ट्रिएनालेले नेपालमा कुनै संस्थागत निकायले समावेश गरिनसकेका समसामयिक विचारधाराका कला तथा संस्कृतिको अभिलेख राखेर एक अस्थायी संग्रहालयको भूमिका पनि निर्वाह गर्दछ । यस प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् । विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आयोजित यी कार्यक्रम ट्रिएनाले अवधिभर प्रस्तुत गरिने छन् । यी कार्यक्रम २०७६ को कात्तिकदेखि नेपाल कला इतिहासको मासिक छलफल शृंखलाबाट र त्यसपछि २०७७ को असार महिनामा प्रारम्भ भएको कुराकानी नामक भर्चुअल छलफल शृंखलासँगै निरन्तर भइराखेका छन् ।    
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP