काठमाडाैं - आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, महासंघका अनुसार तेजाबी सुनको मूल्य घटेर ९९ हजार तीनसय कायम भएको छ ।
हिजो तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ६० रुपैयाँमा पुगेको छ ।