काठमाडाैं - आज सुनको मूल्य प्रतितोलामा १३ सय रुपैयाँले गिरावट आएको छ ।
हिजोको तुलनामा सुनको मूल्य मंगलबार १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो ।
प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ ।
यसैगरी आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा पुगेको छ ।