काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघले सरकारबाट जारी गरिएको सार्वजनिक खरिद नियमालीको एघारौँ संशोधनमा आपत्ति जनाउँदै राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
आउँदो चैत्र १४ गते राष्ट्रिय भेलाको आयोजना गरेको महासंघले जानकारी दिएको छ ।
महासंघले संशोधनमा भएको त्रुटी, निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि र बीमासम्बन्धी जारी गरिएको निर्देशिकालगायत विषयमा आपत्ति जनाउदै आएको छ ।
उक्त संशोधन उद्योगको हित विपरित हुने गरी आएको प्रावधानहरूमा संशोधन गराई निर्माण उद्योगमैत्री बनाउने विषयमा छलफलको लागि महासंघले राष्ट्रिय भेला आयोजना गर्न लागेको जारी दिखएको छ ।
भेलामा प्रदेश महासंघ, जिल्ला संघ र वस्तुगत संघ सदस्यहरूबाट अध्यक्ष तथा महासचिवसहित ३ जना र सबै एशोसिएट रहने गरी तोकिएको समयमा उपस्थित हुन महासंघले अनुरोध गरेको छ ।