सिराह -सिराह जिल्लाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ।
सिराहको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित
सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षिय दिलिप कुमार साहलाई पक्राउ गरेको हाे ।
विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा पक्राउ परेको हाे ।
उनको साथमा रहेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।