Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेद्ववारी घोषणा
वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेद्ववारी घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १३, २०७८
Adhibakta2
Hardik health
काठमाडौं - नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेशागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन् । उनले भनिन्,‘स्वतन्त्र र दक्ष बारको लागि मेरो उम्मेदवारी हो । अब न्यायालयलाई बचाउनु पर्छ ।’ पछिल्लो समयमा अदालतबाट जनतामा निराश छाइरहेको दाबी गर्दै श्रेष्ठले न्यायालयले राम्रो काम राम्रोसँग गर्न नसकेकोमा न्यायालय असक्षम ठहरिने टिप्पणी गरिन् । देशमा संविधान कार्यान्वयन नभएकै कारण देशको अवस्था बिग्रदै गएको उनको भनाई थियो । अहिलेको व्यवस्था सुनौलो भएको भन्दै उनले यसको बचाउ गर्न पर्नेमा जोड दिइन् । नेपालको संविधान सबै भन्दा ठुलो हो भन्दै श्रेष्ठले संविधान भन्दा माथि कोही जान नहुने धारण राखिन् । उनले अहिलेको व्यवस्था सबैले ल्याएको भन्दै उनले व्यवस्था ठिक भएपनि त्यसको पुर्ण कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाईन् । नेपाल बार एसोसिएशन प्रति व्यंग्य गर्दै अधिवक्ता श्रेष्ठले भनिन्,‘बारमा आज दलबल मात्र होइन, धनबल पनि छ । बारले एकाधलाई मात्रै अघि बढायो र अरुलाई समेट्न सकेन ।’ बारमा ७७ जिल्लाका वकिलहरु पनि रहेको स्मरण गराइन् । त्यस्तै, पछिल्लो समय बारका वरिष्ठ नेतृत्वहरुमा पनि निराशा छाइरहेको उनले जिकिर गरे । काठमाडौं बासीले त न्यायलयबाट सेवा, सहुलियत नपाएको भन्दै उनले दुरदराजका जिल्लाहरुले पाउने नसक्ने अहिलेको अवस्थाको अन्त्य गर्नपर्नेमा आफु प्रतिबद्ध रहेको सुनाइन् । वकिलहरुको छाता संगठन बारले वकिलहरुको योग्यता, कुशलता हेर्नुपर्नेमा त्यसो गर्न नसकेको गुनासो गरिन् । उनले भनिन्,‘बारले गर्ने काम भनेको वकिलहरुको पेशागत हकहितको लागि हो ।’ श्रेष्ठले वरिष्ठहरुलाई सम्मान गर्दै वकिलहरुलाई बीमाको व्यवस्था, नवोदित कानुन व्यवसायीहरुलाई तालिम दिएर आफु साहार बन्ने पनि प्रतिवद्धता व्यक्त गरिन् ।   न्याय क्षेत्र आफै पनि अनुशासनमा बस्न पर्ने उनको भनाई थियो । अनुशासनमा नबसेपछि राजनीतिक दलको दबाब र प्रभावमा बस्न पर्ने र स्वतन्त्र तरिकाले काम गर्न नसक्ने उनले बताइन् । उनले आफु निर्वाचित भएमा कानुनी राज्यको प्रत्याभूती दिलाउने, संविधानको पालना गराउने, राजनीतिक दललाई सचेतना गराउने, सबै प्रदेशलाई समान व्यवहार गर्ने÷गराउने समेत प्रतिवद्धता व्यक्त गरिन् । अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता उद्धवचन्द्र घिमिरेले बारको आगामी निर्वाचनमा आफूले पेशागत स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्याएको दाबी गरे । नेपाल कानुन आयोगका सदस्य समेत रहेका घिमिरेले भने,‘राजनीतिक दलहरुको प्यानलबाट आजसम्म जतिपनि बारहरु गठन भए, त्यसका नेतृत्वले न्यायलयलाई फाइदा पुगेको छैन् । अहिले पनि सरकारमा रहेका राजनीतिक दलबाट एउटा प्यानल बनाउनु भएको छ र अर्को एमालेबाट एउटा प्यानल रहेको छ ।’ अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए । उनले बारमा नेतृत्व गरीरहेकाहरुले रुल अफ ल को कुरा नभई हुल अफ ल को कुरा गरिरहेको आरोप लगाए । ‘अहिलेसम्म न्यायालयलाई स्वतन्त्र र सक्षम बनाउने ठाउँमा रुल अफ ल को कुरा नभई उहाँहरु हुल अफ ल को कुरा गर्नुहुन्छ रुल अफ ल को कुरा गर्नुहुन्न ।’ उनले भने,‘न्यायलयमाथि भ्रष्टाचार, न्यायालयमाथि राजनीतिक हस्तक्षेप र न्यायालयले पनि राजनीतिमाथि हस्तक्षेप गरेको अवस्था छ ।’ नेपालको संविधानले रुल अफ ल को कुरा गर्ने उनले बताए । सरकारका तीनवटा अंग र तिनिहरुको आ–आफ्नै चेक एण्ड ब्यालेन्स हुन्छ भन्दै उनले कतै राम्रो स्थिति नदेखिएको बताए । अहिलेको स्थिति खिलराज रेग्मी प्रधानमन्त्री भएदेखि आएको आरोप लगाउँदै उनले त्यसबेला बारको कमिटि भएपनि केही नबोलेको बताए । अबको नेतृत्व स्वतन्त्र, निस्पक्ष, आफ्नो खुट्टामा उभिने र सक्कली वकिलहरुको प्रतिनिधित्वको हुनुपर्ने भन्दै आफुले त्यसैका लागि उम्मेदवारी दिने पनि बताए ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP