काठमाडाैं - सुनचाँदी बजारमा आज सुनको मूल्य छ सयले बढेकाे छ। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु छ सयले बढेर रु एक लाख ९०० तोकिएको हाे ।
अघिल्लो पहेँलो धातु दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सयले काराेबार भइरहेकाे छ ।
तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला रु ९९ हजारआठ सयमा काराेबार भएकाे थियाे । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको बताइएकाे छ ।