काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारततर्फ प्रस्थान गरेका छन् ।
आज छिमेकी राष्ट्र भारतमा भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन एकदिने औपचारिक भ्रमणका लागि पर्यटनमन्त्री आले त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भारततर्फ प्रस्थान गरेकाे मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
कार्यक्रम २४ मार्चदेखि २७ मार्चसम्म भारतको हैदरावाद सहरमा सञ्चालन हुने जानकारी दिइएको छ ।