[caption id="attachment_23629" align="alignnone" width="1024"]
रुपन्देही - गृहमन्त्री बालकृष्ण खाडले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी मुख्यालयकाे उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको बुधबार गृहमन्त्री खाडले उद्घाटन गरेका हुन् ।[/caption]
त्यसअवसरमा उनले सशस्त्र प्रहरी बल, नेपाल विषम परिस्थितिमा समेत राष्ट्र र नागरिकाको सेवा तथा सुरक्षा, सीमा सुरक्षा, उद्वार कार्य लगायतका राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा खटिएर आम नागरिकको मन जित्न सफल रहेकोे उल्लेख गरेका छन् ।

माननीय गृहमन्त्री खाडले आसन्न निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। सम्बद्ध सबै मिलेर सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकार तथा गृह मन्त्रालय सुरक्षा निकायको मनोबल उच्च रहने गरी साधनस्रोत तथा बन्दोबस्ती अभिबृद्धीमा समेत कटिबद्ध रहेको बताए ।

उनले विश्वव्यापी कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पतालमार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा संगठनले पुर्याएको योगदानको समेत मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

सो अवसरमा धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी कर्मचारीहरु देशका विभिन्न ठाउँहरुमा अहोरात्र खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता, ईमान्दारीता, कर्तव्यपरायणताको कारण सांगठानिक विकासमा योगदान पुग्नुको साथै राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, आपतविपद्मा परेकाहरुको उद्धार, कोभिड–१९ महामारी नियन्त्रण लगायतमा भए गरेका व्यावसायिक कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको बताए ।

समारोहमा पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी,प्रतिनिधी सभा सदस्य माननीय अभिषेक प्रताप शाह तथा अतहर कमाल मुसलमानलगायत अन्य विशिष्ट महानुभावहरुको साथै कपिलबस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।