Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय चुनावमा एमालेको प्रक्षेपण,मधेसबाहेक सबै प्रदेशमा पहिलो
स्थानीय चुनावमा एमालेको प्रक्षेपण,मधेसबाहेक सबै प्रदेशमा पहिलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १०, २०७८
UML_CCM-Meetting-Chait_9
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी स्थानीय निर्वाचनमा छ वटा प्रदेशमा पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको छ । मधेस प्रदेशबाहेक बाँकी सबै प्रदेशमा पहिलो पार्टी बन्ने एमालेको आकलन छ । काठमाडौंमा बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रविदेनमा उक्त प्रक्षेपण गरिएको हो । ओलीले १५ पृष्ठको प्रतिवेदनमा एमालेमा आकर्षण बढेकोदेखि चुनाव जित्ने आधारहरू समेत प्रस्तुत गरेका छन् । बैठकमा ओलीले विभिन्न बु“दामा रहेर राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । ओलीले आफू नेतृत्वको सरकारले गरेका केही कामहरूको सन्दर्भ लिदै आउँदो निर्वाचनमा विजयका लागि विभिन्न १८ बुँदे आधार प्रस्तुत गरेका छन् । जसमा उनले सिके राउत समूह र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधान गरिएको उल्लेख गर्दै त्यसलाई ठूलो सफलताका रूपमा अथ्र्याएका छन् । ओलीले तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने दाबीसमेत गरेका छन् । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले तराई–मधेसमा देखिएको पार्टी प्रवेशको प्रवृत्ति उल्लेखनीय भएको बताएका छन् । ‘विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा (एमाले)का विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई–मधेसमा नेकपा (एमाले)प्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यसले राष्ट्रिय राजनीतिबाट जातीय–क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ ।’ ओलीले आगामी निर्वाचनमा एमालेको विजयका मुख्य आधारका रूपमा पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेका छन् । यसैगरी, उनले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान, केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तनलाई पनि चुनाव जित्ने प्रमुख आधारमा रूपमा प्रतिवेदनमा समेटेका छन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन एमालेले २०४७ सालदेखि भूमिका खेलेको, स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि भूमिका खेलेको उनको भनाइ छ । राज्यका हरेक अंगमा न्यूनतम एकतिहाइ महिला सहभागिताका लागि नेतृत्वदायी योगदान गरेको, नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन भूमिका खेलेको, स्थानीय तहलाई प्रदेशको तजविजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद गरेको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । एमाले नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन वित्तीय, कानुनी र प्रशासनिक योगदान गरेको, प्रत्येक पालिकामा आधारभूत अस्पताल प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकलगायत कार्यक्रम गरेको ओलीको दाबी छ । तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत लगानी गरिएको एवं सुनकोसी–मरिन र भेरी–बबई डाइभर्सनजस्ता रूपान्तरणकारी योजनाको थालनी गरिएको, एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू गरेको, सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजविजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई विफल पार्न भूमिका खेलेको उनको प्रतिवेदनमा उल्लेख छ । एमालेले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्वपूर्ण काम, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरूको थालनी गरिएको दाबी गर्दै ओलीले यसलाई चुनाव जित्ने प्रमुख आधारका रूपमा व्यँख्या गरेका छन् । संघीय संरचना र नया“ प्रणालीको संस्थागत विकासका लागि योजनाबद्ध काम गरिएको, मौलिक हकको व्यावहारिक कार्यान्वयनका लागि नयाँ कानुनको निर्माण गरेको, सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास गरेको, स्वास्थ्य बिमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामको थालनी गरिएको पनि ओलीको भनाइ छ । महामारी र प्राकृतिक विपत्तिका विरुद्ध एमाले नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेलेको, भूकम्पपछिको पुनर्निर्माणमा असाधारण सफलता हासिल गरेको उनी ओलीको चुनाव जित्ने आधारमा उल्लेख छ ।बुधबारको बैठकमा विभिन्न प्रदेश कमिटीका तर्फबाट रिपोर्टिङ गरिएको छ । प्रदेश १ बाट तुलसी न्यौपाने, मधेस प्रदेशबाट रामअवतार यादव, बागमती प्रदेशबाट केशव पाण्डे, गण्डकी प्रदेशबाट नवराज शर्मा, लुम्बिनी प्रदेशबाट राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारीले आफ्नो प्रदेशको रिपोर्टिङ प्रस्तुत गरे । प्रदेशको संगठनात्मक राजनीति, शक्ति सन्तुलनको स्थिति, वडा अधिवेशन, पालिका अधिवेशन, जिल्ला अधिवेशन, जनवर्गीय संगठनको स्थिति, पार्टी प्रवेशको स्थितिलगायतका विषयमा प्रदेश अध्यक्षहरूले रिपोर्ट पेस गरेका थिए । अब बिहीबारको बैठकमा ओलीको राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस गरेका विषयहरूमा लिखित सुझाव र राय प्रस्तुत गर्ने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बाँकी ९ वटा एजेन्डामा बिहीबारको बैठकमा छलफल गरे निश्कर्षमा पुग्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP