काठमाडौं - सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेकाे छ ।
मंगलबार एक लाख ३ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९९ हजार दुई सय रुपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हाे ।
महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाम ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।