धनूषा - नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवैध मदिरा प्रहरीले जफत गरेकाे छ।
धनूषा जिल्लाकाे जनकनन्दनी गाँउपालिका १ इनरुवास्थित वोर्डर इलाकाबाट, नेपालबाट भारततर्फ लैजाँदै गरेको अवैध मदीरा सूचनाको आधारमा सशस्त्र प्रहरी बल वाहिनाको स्वाड टोलीको अपरेशन सर्च गर्दा विभिन्न ब्रान्डका मदीरा प्रहरीले जफत गरेकाे हाे।
विओपी इनरुवा थप मद्दतसहितको १५ जनाको टोलीले ६ वटा मोटरसाइकल तथा सोफि मदिरा दुई सय ७ कार्टुन, भर्जिन मदिरा ७ कार्टुन र ब्लाक ओक मदिरा ९ कार्टुन प्रहरीले जफत गरेकाे छ।
साे अवैध सामानकाे मुल्य रु ३,१०,६०० बराबरकाे मदिरा र रु ५,५०,००० तथा मोटरसाइकलहरुको गरि कुल रु.८,५०,६००मुल्यकाे धनूषामार्फत गण नं. ८ले आन्तरिक राजश्व कार्यालयमा बुझाउन लगेको प्रहरीले जनाएकाे छ।
स्वाड टिमका वरिष्ठ हवल्दार सन्तोष सिंहसहित ६ जना विओपीको थप ९ जनाकाे टोलीले अवैध सामानकाे नियन्त्रणमा लिएकाे जनाइएकाे छ।
चालक टिम भने प्रहरी टोली देख्नासाथ फरार भएकोले व्यक्ति पक्राउ हुन नसकेको धनूषा प्रहरीले जनाएकाे छ।