काठमाडौं -नेपाल भरका ब्युटिसियनहरुको लागि आयोजना गरिएकाे अडिसनमा १२ जना छानिएका छन् ।
आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् वरिष्ट ब्युटिसियन सोनी कारंजितको अध्यक्षतामा सम्पन्न पहिलो अडिसनबाट १२ जना प्रतियोगीहरु फाईनलका लागि चयन भएका हुन् ।
ब्युटिसियनहरुको लागि आयोजना गरिएकाे ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोश्रो अडिसनमा १२ जना छानिएका हुन् ।
काठमाडौंको रविभवनस्थित रोज सिप विकास तालिम केन्द्रमा बिहिबार चैत १० गते बिहान ११ बजेबाट सुरु हुने भएको आयोजकले जनाएकाे छ ।
आयोजकका अनुसार पहिलो अडिसन चैत ७ गते सोही स्थानमा सम्पन्न भएको थियाे । यस प्रतियोगितामा भाग लिन चाहनेहरुले सम्बन्धित फेसबुक पेजमा गएर सम्पर्क गर्न आयोजक विलक्षण क्रियसनले जनाएको थियाे ।
यस्तै यो प्रतियोगिताको लागि बाँकी प्रतियोगीहरु यही १० चैत बिहीबार हुने दोश्रो अडिसनबाट चयन गरिने भएको छ ।११ चैतबाट यो प्रतियोगिताको प्रशिक्षण सुरु गरिने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई दुई साता लामो विभिन्न प्रशिक्षण दिएर ग्रान्ड फिनालेमा उतारिने आयोजक संस्थाकी अध्यक्ष तथा सोनी कारंजितले बताएकी छिन् ।
कार्यक्रमबारे अर्का आयोजक डब्बु क्षत्रीले भने,‘ब्युटिसियनहरुका लागि आफ्नो सिपमा निखार, ब्युटी सम्बन्धि विभिन्न कला सिक्न र व्यक्तित्व विकास गर्नका लागि यो महत्वपूर्ण अवसर हो । त्यसैले ब्युटिसियनहरुलाई यही चैत १० गतो दोश्रो अडिसनमा भाग लिएर यो प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्दै विजेता बन्न अनुरोध गर्दछु ।’
चौथो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को अडिसनमा एन्फाका उपाध्यक्ष सुन्दर थापा, अग्रज ब्युटिसियनहरु रिना अवाले, देवी महर्जन, रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डँगोल निर्णायक थिए । पहिलो सिजनकी विजेता तथा गायिका/सञ्चारकर्मी सरिता भारती र दोश्रो सिजनकी विजेता सरु जोशी पनि अडिसन कार्यक्रममा अतिथि थिए ।