Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले पोलिटब्यूराे बैठक ,उम्मेदवार छान्न मापदण्ड तय
एमाले पोलिटब्यूराे बैठक ,उम्मेदवार छान्न मापदण्ड तय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ८, २०७८
Hardik health
काठमाडौं– देशको सबैभन्दा ठूलो दल नेकपा एमाले स्थानीय तह निर्वाचन केन्द्रित हुन थालेको छ । देशका विभिन्न क्षेत्रमा सभा र पार्टी प्रवेश कार्यक्रमलाई पनि निरन्तरता दिएको एमालेले पार्टीका बैठक पनि गरिरहेको छ ।आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि केन्द्रित भएको एमालेले सोमबार पोलिटब्यूरो बैठकबाट उम्मेदवार छनोटका लागि मापदण्ड तयार पारेको छ । बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरूको कामको मूल्यांकन, उनीहरूको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने एमालेको तयारी छ । त्यस्तै, लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । पार्टी आन्दोलनमा पु¥याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड तय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । वडाअध्यक्ष र सदस्यका उम्मेदवारको वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र नगरपालिकाका मेयर र उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने गुरुङले बताए । त्यस्तै, महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्नेछ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर भएको हो । यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेकोमा अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव गरिएको छ । प्रचार विभाग प्रमुख गुरुङले पार्टीका सबै केन्द्रीय सदस्यलाई आ–आफू मतदाता रहेको भूगोलमा केन्द्रित गराउने निर्णय समेत भएको जानकारी दिए । आफ्नो विभागीय काममा असर नगर्ने गरी उनीहरूलाई निर्वाचनमा खटाउने भएको हो । यस्तै, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि भएका छन् । पोलिटब्यूरो बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा समेत तय गरेको छ । एमालेले केन्द्रीय कमिटीको बैठक चैत ११ गतेका लागि बोलाएको छ । केन्द्रीय कमिटी बैठकले सचिवालय र पोलिटब्यूरो बैठकले गरेका निर्णय अनुमोदन गर्नेछ । सोमबारको पोलिटब्यूरो बैठकमा केही नेताहरूले धेरै दाबेदार भएर विवाद हुने तथा पार्टीलाई निर्णय गर्न समस्या हुने ठाउँमा चुनावी प्रक्रियाबाट उम्मेदवार चयन गर्ने प्रस्ताव पनि राखेका छन् । स्थायी कमिटी सदस्य हिक्मत कार्की, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरूले धेरै विवाद भएको ठाउँमा पार्टीले केन्द्रबाटै एउटा कार्यदल बनाएर समाधान गर्ने र त्यस क्रममा आवश्यक पर्दा लोकतान्त्रिक प्रक्रियाबाट दाबेदारबीच चुनाव गराउने प्रस्ताव राखेका छन् । त्यस्ता ठाउँमा सम्बन्धित पालिकाभित्रका पार्टीका संगठित सदस्यहरूले मतदान गरेर जो रुचाउँछन् उसैलाई टिकट दिने विधि पनि अपनाउन सकिने नेताहरूको भनाइ छ । त्यसले गर्दा मलाई कार्यकर्ता र जनताले रुचाएका थिए तर, नेताले टिकट दिएनन् भन्ने गुनासो नरहने उनीहरूको तर्क छ । यसअघि पनि एमालेले कास्की, मकवानपुर लगायतका जिल्लामा यो विधि अपनाएको थियो । तर, त्यसबेला कमिटीका सस्यहरूबीच मात्र मतदान भएको थियो । यसपटक भने धेरै विवाद र उस्तै दाबेदार भएका ठाउँमा पार्टीका सदस्यहरूबाट उम्मेदवार छान्ने विधि पनि समेट्न नेताहरूले बैठकमा सुझाएका छन् ।
घनश्यामको प्रस्ताव–वाम गठबन्धन गरौं, ओलीको जवाफ– हुँदैन
नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन् । सोमबार भएको पोलिटब्यूरो बैठकमा उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत बताए । तर, अध्यक्ष केपी शर्मा ओलीले भने यसमा खास इच्छा देखाएनन् । उनले अहिले नै वाम गठबन्धन हुन नसक्ने बताए । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन हुनुको कुनै सैद्धान्तिक आधार नरहेको र आसन्न निर्वाचनमा वामपन्थीको जितलाई सुनिश्चित गर्न पनि एकता आवश्यक भएको उल्लेख गरेका थिए । ‘कम्युनिस्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्टहरूबीच गठबन्धन र एकता चाहेका छनु’, बैठकमा भुसालले भनेका थिए । तर, अध्यक्ष ओलीले भने आउँदो स्थानीय तह निर्वाचनमा वाम गठबन्धन हुन नसक्ने जवाफ दिए । ओलीले स्थानीय आवश्यकता अनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्ने तर, वाम गठबन्धन मात्र बनाएर जाने सम्भावना नरहेको जवाफ दिए । ‘स्थानीय आवश्यकताका आधारमा जुनसुकै पार्टीसँग पनि तालमेल गर्न सकिन्छ । गठबन्धन भनेर वाम पार्टीसँग मात्र हुँदैन’, बैठकमा घनश्यामको प्रस्तावमा जवाफ दिँदै ओलीले भने । घनश्यामको प्रस्तावपछि बोलेका नेता महेश बस्नेतले पनि विगतमा वाम एकता गरेर पछुताउनुपर्ने अवस्था आइसकेकाले त्यतातिर लाग्न नहुने बताएका थिए । बरु उनले देशमा दुई वटा मात्र पार्टी बनाएर जाने विषयमा सोच्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP