मोरङ- प्रधानमन्त्री शेरबहादुर देउवा मोरङ अस्पतालको उद्घाटनमा व्यस्त छन् । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ मा स्थापित सुन्दरहरैचा नगर अस्पतालको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।
दश कठ्ठा जग्गामा निर्माण गरिएको सो अस्पताल भवनमा ३५ शय्या रहेको अस्पतालले जनाएकाे छ ।अस्पताल उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दान गर्ने दाताहरूलाई सम्मान पनि गरेका छन् ।