Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देश दौडाहमा शीर्ष नेता
देश दौडाहमा शीर्ष नेता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ७, २०७८
Hardik health
काठमाडौं– जनता समाजवादी पार्टीका नेता मंगलप्रसाद गुप्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष्ँ केपी शर्मा ओली पुस ६ गते कपिलवस्तु पुगे । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा दोस्रो मत प्राप्त गरेका गुप्तालाई भित्र्याउन एमालेले ठूलै कार्यक्रम गर्‍यो । अध्यक्ष ओली नै पुग्ने भएपछि त्यसको रौनक समेत बेग्लै थियो । ओलीले त्यसदिन गुप्तासहित पाँच हजार नेता/कार्यकर्तालाई एमालेमा भित्र्याएको दाबी गरे । गुप्ता २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेका थिए । आउँदो वर्ष चुनाव हुने निश्चित भए पनि कुन मितिमा हुने भन्ने निक्र्योल भइसकेको थिएन । पहिले स्थानीय तहको निर्वाचन गर्ने वा संघीय निर्वाचन गर्ने भन्ने निर्णय भइसकेको थिएन । तर, ओली चुनावी अभियानमा जुटिसकेका थिए । अहिले देश चुनावी माहोलमा होमिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोननयको समय निर्धारण गरिएको छ । चुनाव घोषणा भएसँगै ओलीको सक्रियता झन् बढेको छ । फागुन २५ गते मोरङको रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराललाई एमालेमा भित्र्याउन ओली रंगेली पुगे । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचत भएका उनीहरू अर्को निर्वाचन नजिकिँदै गर्दा एमालेमा भित्रिए । उनीहरूसँगै वडा १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द मण्डललाई पनि ओलीले त्यसैदिन एमालेमा भित्र्याए । उनीहरू सबै माओवादीबाट निर्वाचित भएका थिए । त्यसको पर्सिपल्ट फागुन २८ गते वीरगञ्ज पुगेका ओलीले वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीलाई एमालेमा भित्र्याए । २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरको मेयरमा निर्वाचित सरावगी हाल जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य थिए । त्यसपछि काठमाडौंका कार्यक्रममा व्यस्त भएका ओली आइतबार इलाम पुगे । इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले विगमा पटक–पटक एमालेबाट चुनाव जितेका र हाल एकीकृत समाजवादीतर्फ लागेका झलनाथ खनालमाथि खरो टिप्पणी गरे । फिक्कल खनालको निर्वाचन क्षेत्र हो । त्यहाँ पुगेर उनले नेता खनाललाई मात्रै होइन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगसम्मलाई घोचपेच गरे । हुन त अहिले ओली मात्र होइन एमालेकै शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष्ँ नेपाल लगायतका नेताहरू पनि देश दौडाहमा लागेका छन् । गत फागुन २९ गते विराटनगरमा आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रचण्ड चैत २ काठमाडौंमा आयोजित अर्को कार्यक्रममा सहभागी भए । चैत ३ गते बुटवलमा आयोजित एक कार्यक्रममा पुगेका उनी शनिबार (चैत ५ गते) पार्टी कार्यालय उदघाटन गर्न सिन्धुली पुगे । उनको दौडधुप त्यतिमै रोकिएन । आइतबार उनी माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगे । त्यहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो टिप्पणी गरे ।ओलीलाई रूपान्तरण गर्न सकिएला भनेर प्रयास गरेपनि नसकिएको उनले टिप्पणी गरे । ‘केपी ओलीलाई रूपान्तरण गर्न सकिएला भनेर हामीले एकता गर्‍यौँ । सकिएन । हुँदाहुँदा ओलीजी त कमल थापासँग चुनावी तालमेल गर्ने तयारी गर्दै हुनुहुन्छ रे,’ प्रचण्डले भने । आइतबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपालले केन्द्रीय कार्यालयमा केही व्यक्तिलाई आफ्नो पार्टीमा भित्र्याए । त्यसक्रममा उनले विभिन्न जिल्लामा आफूहरू शक्तिशाली भएपनि अन्य पार्टीहरूले सहकार्य गर्न चाहिरहेको बताए । सहकार्य गर्न चाहनेलाई स्वागत गर्ने उनको भनाइ छ । ‘विभिन्न जिल्लाले भनिरहेको छ हामी एक्लै पनि बलियो शक्ति हौँ, तर विभिन्न पार्टीहरूले भनिरहेका छन् हामीसँगै सहकार्य गरेर जाऔँ’, नेपालले भने । उसो त नेपाल काठमाडौंमा मात्र केन्द्रित छैनन् । उनी पनि विभिन्न जिल्लामा हुने सभा र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पनि पुगिरहेका हुन्छन् । आइतबार नै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगे । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले माओवादी नेता ठम्मर विष्टलाई एमालेमा भित्र्याए । केहीदिन पहिले मात्र प्रदेश सभा सदस्य र माओवादीको प्रमुख सचेतकबाट राजीनामा दिएका विष्टले एमाले रोजे । एमाले, माओवादी र समाजवादी मात्र होइन कांग्रेस पनि निर्वाचनकेन्द्रित अभियानमा जुटेको छ । ‘गाउँ गाउँ जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित एक महिने अभियान थालेको कांग्रेसका नेताहरू हरेक जिल्लामा परिचालित भएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा आफैं जिल्ला–जिल्ला नपुगेपनि उपसभापति, महामन्त्री लगायतका नेताहरूले भने केही जिल्लामा पुगिरहेका छन् । प्रधानमन्त्री देउवा भने शनिबार काभ्रेसको तेमाल गाउँपालिकाको भवन उद्घाटनका लागि त्यहाँ पुगे । उनले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका थिए । आउँदो चुनावलाई लक्षित गरेर नेताहरू गाउँ गाउँ त पुगिरहेका छन् । तर, उनीहरू आफ्ना लक्ष्य, उद्देश्य, सपना र योजना होइन, अर्कैको कुरा काटिरहेका छन् । एकले अर्कालाई धारेहात लगाउन तल्लीन जस्ता देखिन्छन् । एकअर्काप्रति असहिष्णु सुनिने उनीहरू तुच्छ गालीमा रमाउन थालेका छन् । आइतबार विभिन्न कार्यक्रममा सहभागी भएका ओली, दाहाल र नेपालले यस्तै गरे । उनीहरूले त्यहाँ आफ्नो पार्टीले जनतामाझ लैजान चाहेको योजना, देशका लागि देखेका सपनाका कुरा गरेनन् । बरु एकले अर्काको आलोचनामै प्रशस्त समय खर्चिए । ‘अहिले एउटा पाँच दलीय गठबन्धन बनेको छ। एक्लै त एमालेतिर चियाउन कसैले सक्दै सक्दैन । एक्लै कसैले आँटै गर्दैन । त्यसैले पाँच दलीय गठबन्धन’, इलामको कार्यक्रममा ओलीले भने, ‘नेकपा एमाले मात्रै हो, सिंगो जनताको प्रतिनिधि । त्यसलाई पाँच दल, सात दल चाहिँदैन । एउटै दल एमाले काफी छ । ताराहरू रातभरि आकाशमा हुन्छन् । एउटै सूर्य बिहान झुल्किएपछि सबै संसार उज्यालो हुन्छ ।’ त्यति मात्र होइन उनले निर्वाचन आयोगमाथि पनि प्रश्न उठाए । उनले कांग्रेसलाई सजिलो बनाउनका लागि मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन लागिएको टिप्पणी गरे । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु, र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निष्पक्ष भएर काम गर्नुपर्छ । अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा रङ कुन दिने भन्दा, रुखको रङ सबैलाई दिने रे । कस्तो अचम्मको निर्वाचन आयोग देखाप¥यो’, ओलीले भने, ‘कांग्रेसको रुख हरियो पार्नका लागि हरियो रङ चाहियो, कांग्रेसको रुख निलो पार्नका लागि निलो रङ चाहियो । सूर्य हरियो हुन्छ कहीँ ?’ आइतबारै काठमाडौंमा भएको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल ओलीप्रति खनिए । उनले ओलीलाई यथास्थितिवादका प्रतिकका रूपमा अथ्र्याए । ‘केपी ओली यथास्थितिवादका प्रतिक हुन् । तिनी परिवर्तनका बहाक होइनन्, यथास्थितिका बाहक हुन् । प्रतिगामी चरित्रका एउटा नमूना हुन् । केपी ओली सबै ठाउँमा पराजित हुँदै गइरहेका छन्’, उनले भने ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP